Monday, February 20, 2012

खस–क्षत्री : पहिचान, भ्रम र यथार्थ

योगेन्द्र थापा
Source: http://blast.com.np/nextpage.php?pg=newsdetail&newsid=3702&catid=3

आज मुलुक २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनले जन्माएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा नयाँ संविधान निर्माणमा व्यस्त छ । यस अवसरमा निर्माणाधीन संविधानले यस मुलुकमा बसोबास गर्ने सबै जातजाति, संस्कृति–सम्प्रदाय, भाषाभाषी तथा धर्मावलम्बीहरुले आ–आप्mना जातीय, सांस्कृतिक, भाषिक तथा धार्मिक मुद्दाहरुलाई सही सम्बोधन गरोस् भन्ने अपेक्षा राख्नु र सोको लागि दवाब सिर्जना गर्न संगठित आवाज बुलन्द गर्नु अस्वाभाविक होइन । विश्वका लोकतान्त्रिक संविधानको अध्ययन गर्ने हो भने तिनले यस्ता मुद्दाहरुलाई यथेस्ट प्राथमिकता प्रदान गरेको देख्न सकिन्छ, नेपालमात्र यसको अपवाद हुन सक्दैन ।

सहभागिता, समन्यायिकता र समावेशीता जनआन्दोलनले प्रदान गरेको संविधान निर्माणका आधारभूमि हुन्, जसको उपेक्षाले आन्दोलनबाट निःसृत जनादेशको अवमूल्यन हुनेछ र यसको खबरदारी गर्नु सबैको दायित्व हुनु पर्दछ । अन्तरिम संविधानले नेपालका जातजातिहरुको वर्गीकरण गर्दा कुल जनसंख्याको १७.२७ प्रतिशत हिस्सा ओगटेको ‘खस क्षत्री’ जातीय समुदायलाई ‘अन्य’ समूहमा राखेर मुलुकको सबैभन्दा ठूलो समुदायको जातीय पहिचानलाई अवज्ञा गरी राज्य सञ्चालनका विभिन्न क्षेत्रमा समावेशी हुन पाउने नैसर्गिक अधिकारबाट वञ्चित गराउन खोजेको छ । इतिहासका विभिन्न कालखण्डमा नेपालको राष्ट्र निर्माण, राष्ट्रिय गौरवको सम्बद्र्धन र संरक्षणका लागि आप्mनो जीवन उत्सर्ग गर्दै आएको यस जातिलाई जबर्जस्ती क्षेत्री–बाहुन भनेर नियोजितरुपमा एउटै जातीय समुदाय बनाई स्वतन्त्र पहिचान नै निमिट्यान्न पार्न खोज्नु न्यायोचित होइन । कतिपय अवस्थामा विशेष गरी खस–क्षत्रीहरुलाई राज्य सञ्चालनमा लामो समयदेखि हालिमुहाली गर्दै आएको शोषक वर्ग भनी भ्रामक लाञ्छनाहरु लगाइँदै रहेको सम्बन्धमा आप्mनो जातीय समुदायप्रति राज्यले समेत दोस्रो दर्जाको नागरिक बनाई पाखा लगाउने प्रयासका विरुद्ध खस–क्षत्रीहरु मुलुकभर संगठित भई पहिचान, पहँुच तथा हक–अधिकारका लागि आवाज उठाउँदै आएको यथार्थ अवगत भएकै कुरा हो ।

यताका दिनहरुमा नेपाली सञ्चार माध्यमहरुमा ‘खस’ जातिका बारेमा विभिन्न खालका आलेखहरु प्रकाशित भएका र त्यसबाट खस जातिका सम्बन्धमा विभिन्न प्रकारका भ्रमको सिर्जना गरेको पाइएकाले वास्तवमा खस जातिको यथार्थबारे थोरै प्रकाश पार्नु यस आलेखको उद्देश्य हो ।

मानव सभ्यताको विकासक्रमलाई नियालेर हेर्दा संसारमा मूलतः नेग्रो (द्रविड), मंगोल र ककेसस गरी तीन प्रकारका जाति (च्बअभ) को अस्तित्व रहेको पाइन्छ । तीमध्ये खस ककेसियन च्बअभ भित्र पर्दछ । ई.पू. ३००० वर्ष पुरानो मेसोपोटामियाको सभ्यतामा कुनै न कुनै रूपमा उल्लेख भएको ‘कस’ जातिलाई नै कालान्तरमा ककेसस, खखेसस वा हेक्का खासे हुँदै खस जाति भनेर चिन्न थालिएको अनुमान छ (प्रा.डा. बालकृष्ण पोखरेल, खस जातिको इतिहास) युरोप र एसियाको सन्धिस्थलमा अवस्थित ककेसस् पर्वतमालालाई खस जातिको उद्गम थलोको रूपमा लिइने गरेको पाइन्छ । ९व्बmभक ऋचयधभिक एचष्अजबचमस च्भकभबचअजभक ष्लतय तजभ एजथकष्अब िज्ष्कतयचथ या ःबलपष्लमस ज्ञडद्धद्ध० । कालान्तरमा यो जाति रेशममार्गबाट इरान हँुदै दक्षिणपूर्व बसाइँ सर्ने क्रम सुरू भयो । बसाइँ सराइको सदियौं लामो यात्रा क्रममा यो जाति पश्चिम चीनको तरिम उपत्यकामा समेत पुगेर बसोबास थालेको त्यहाँ भेटिएका प्राचीन मानव अवशेषको डीएनए परीक्षणबाट पुष्टि भइसकेको छ । ९ःबिियचथ ७ ख्ष्अतयचस त्जभ त्बचष्m ःगmmष्भकस् ब्लअष्भलत ऋजष्लब बलम तजभ ःथकतचथ या तजभ भ्बचष्भिकत एभयउभि ाचयm तजभ ध्भकत स ग्लष्तभम प्ष्लनमयmस द्दण्ण्ड० । तरिम उपत्यका आधुनिक चीनको सिन्जियाङमा पर्दछ । यस उपत्यकामा खस जातिले कसगर (खस) राज्यको स्थापना गरेका थिए । यहाँबाट भोट क्षेत्र हँुदै खस जाति कुमाउ गढवालका पहाडी क्षेत्रबाट पश्चिमी नेपाल छिरेको अनुमान गरिएको छ । (डा विपीन अधिकारी, नेपालका खस जाति, २०६८ ।

नेपालमा खस जातिको बसोबास कहिलेदेखि सुरू भयो भन्ने यकिन तिथि मिति भेटिँदैन । रिचार्ड वाल्डाउफको भनाइमा इ.पू. २००० भन्दा पहिले नै नेपालमा हिमाली क्षेत्रमा किरात र खस दुईवटा सांस्कृतिक समुदायको उपस्थिति भइसकेको थियो । वरिष्ठ समाजशास्त्री डोरबहादुर विष्ट एवं डा. हर्क गुरूङको विचारमा भोट बर्मेली भाषा बोल्ने मंगोल अनुहारका किरातहरू उत्तर–पूर्वबाट र भारोपेली भाषा बोेल्ने आर्यन अनुहारका खसहरू उत्तर–पश्चिमबाट नेपाल प्रवेश गरेका हुन् । सुरूमा जातपातमा विभक्त नभएको खस समुदाय शैव धर्म र धामीझाँक्री परम्पराको अवलम्बन गथ्र्यो । ९च्ष्अजबचम द्य। द्यबमिबगा, व्च ७ च्यदभचत द्य। प्बउबिलस ीबलनगबनभ एबिललष्लन ष्ल ल्भउब,ि त्बष्धबल बलम क्धभमभलस द्दण्ण्ण्० ।

किरात र खसमध्ये कसले नेपाल पहिला प्रवेश गरेका हुन् भन्नेबारेमा भने यकिन नभए पनि मानव तथा समाजशास्त्री डोरबहादुर विष्टका अनुसार इ.पू. प्रथम सहस्राब्दीतिरै काठमाडौं उपत्यकामा ‘नेप’ समूहका गोपालवंशीहरूले प्रथम राज्य गरेका थिए र यी नेप जाति नै खस जाति हुन्, त्यसपछि मात्र किरात र लिच्छवीहरूले काठमाडौंमा राज्य गरेका हुन् । ९ँबतबष्किm ७ म्भखभयिऊभलत, द्दण्ण्ज्ञ० । यी दुवै जाति हिन्दू तथा बौद्ध धर्मको उत्पत्तिभन्दा पहिले नै नेपालको हिमाली क्षेत्रमा छिरिसकेका थिए भन्ने कुरा वैदिक साहित्यमा खस तथा किरात जातिहरूको उल्लेख भएबाट अनुमान लगाउन सकिन्छ ।

भारत वर्षमा हिन्दू सभ्यताको विकास उत्कर्षमा पुगेको अवस्थामा वर्णाश्रममा विभाजित हिन्दू सामाजिक व्यवस्थाको प्रभावबाट खस जाति अछुतो रहन सकेन । खास गरी सोह्रौं शताब्दीताका नेपालमा बाईसी–चौबीसी राजाहरूले आपूmलाई खस भनेर चिनाउँदा हिन्दुस्तानका शासकहरूको तुलनामा तल्लो (खसेको) जातका रूपमा बुझ्न र हीनताबोध गर्न थालेपछि क्रमशः हिन्दू सामाजिक व्यवस्थाको अनुकरण गरी आपूmलाई उच्च जातका राजपुत अथवा ठकुरी भएको घोषणा गर्न थाले, साथै आपूm हिन्दू राजवंशसँगै आबद्ध भएको देखाउन वंशावली लेखाउन थाले । गोर्खाका राजा राम शाहले वंशावली लेखाई आपूmलाई मेवाडको राजपुत वंशसँग आबद्ध भएको देखाएका छन् । ९द्यचष्बल ज्। ज्यमकयलस भ्ककबथक यल तजभ ीबलनगबनभक, ीष्तभचबतगचभ बललम च्भष्निष्यल या ल्भउब िबलम त्ष्दभतस ज्ञडद्दड, ज्ञडठद्ध० । यसै क्रममा मौलिकरूपले जातीय विभाजन नभएको खस समुदाय सानो–ठूलो, तल्लो–माथ्लो वा छुत–अछुत जातिमा विभक्त हुन पुग्यो । परिणामस्वरूप खस जातिका मौलिक परम्परा खसेतर हिन्दू परम्परा हुन थाले । पुजारी राख्ने परम्परा नभएको, धामीझाँक्री परम्पराबाट प्राग्वैदिक मस्ट देवताको पूजा गर्ने खसहरूले आफ्ना मठमन्दिरहरूमा क्रमशः हिन्दू देवताका मूर्ति स्थापना गरी हिन्दू ब्राह्मणलाई पुजारी राखेर पूजा–अर्चना गर्ने परम्पराको थालनी हुन गयो ।

खस जातिले पहाडको बाटो भएर नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बसोबास थालेका हुनाले यिनको उपस्थिति गंगा, ब्रह्मपुत्रलगायत् दक्षिणका मैदानी फाँटमा देखिँदैन । जुन समयमा यो जाति नेपालका हिमाली–पहाडी क्षेत्रमा स्थापित भइसकेको थियो, सो समयसम्म दक्षिणका मैदानी फाँटमा सिन्ध घाँटीको सभ्यता आइपुगेकै थिएन । ९व्बmभक ऋचयधभिक एचष्लअजबचमस च्भकभबअजभक ष्लतय तजभ उजथकष्अब िज्ष्कतयचथ या mबलपष्लमस ज्ञडद्धद्ध० । दक्षिणमा मैदानी फाँटसँग खसहरूको सम्पर्क हुन थालेको धेरै पछि खस शासकहरूले आपूmलाई उच्चजातीय हिन्दू क्षत्री, राजपुत वा ठकुरी घोषित गर्न थालेपछि मात्र हो (डा.विपिन, २०६८) ।

कतिपय लेखकहरूले भारत वर्षमा मुसलमानहरूको आक्रमण भएपछि आफ्नो धर्मरक्षाका खातिर खस–क्षत्रीहरू दक्षिणका मैदानी फाँटबाट नेपालका हिमाली–पहाडी क्षेत्रमा बसाइँ सरेको उल्लेख गरेका छन् तर इतिहासले भारतबाट नेपालमा कुनै जाति विशेषको सामूहिक बसाइँ सराइ भएको पुष्टि गर्दैन । रिचार्ड बी बाल्डाउफले बाह्रौं र तेह्रौं शताब्दीमा भारत वर्षमा मुसलमानहरूको आक्रमण भएपछि ठूलो संख्यामा उच्चजातीय हिन्दूहरूको जमात् नेपाल छिरेको र तिनले नेपालका साबिक बासिन्दालाई विस्थापित गरेको उल्लेख गरेका छन् तर नेपालमा बसाइँ सरेर आउने कुनै जातीय समूहले त्यसरी साबिकका बासिन्दालाई लखेटेका ऐतिहासिक प्रमाण कहीँ कतै फेला परेको छैन । उनको यो भनाइ केही हदसम्म नेपालको तराई क्षेत्रका हिन्दू राजपुत तथा ब्राह्मण जातिका सम्बन्धमा भने लागू हुन सक्छ । भारत वर्षमा मुसलमानहरूको प्रवेश सन् ७१५ मा मोहम्मद कासिमको नेतृत्वमा आएको अरबी फौजले सिन्धुमा आधिपत्य कायम गरेपछि मात्र भएको हो जबकि रिचार्ड बाल्डउफकै भनाइमा इ.पू. २००० वर्षभन्दा पहिले नै खसहरू नेपालको उत्तरी क्षेत्रमा स्थापित भइसकेका थिए (डा. विपिन, २०६८) ।

नेपालमा खस र किरात जातिको प्रवेश लगभग एउटै कालखण्ड अर्थात् इ.पू. २००० वर्षभन्दा पहिले नै भएको प्रसंग आइसकेको छ । यहाँ मननयोग्य कुरा के छ भने इ.पू. २००० वर्षभन्दा पहिलादेखि मुलुकको करिब सबै भौगोलिक क्षेत्रमा जनसंख्याको सबैभन्दा ठूलो हिस्सा ओगटेर बसोबास गर्ने खस जाति के आधारमा अन्य भए बुझिनसक्नु छ । जुन जाति कूल जनसंख्याको ५० प्रतिशत निरपेक्ष गरिबीको रेखमुनि र ४० प्रतिशत निरक्षर छ, त्यो जातिलाई प्राविधिकरूपले हिन्दू वर्णाश्रमको आवरण भिराएर उच्च जातिको, शोषक, सामन्ती एवं राज्यसत्तामा हालिमुहाली भएको भनी लाञ्छित गर्नुमा कसको के अभिष्ट छ, त्यो पनि बुझ्न गाह्रो छ । वास्तवमा शोषक सामन्ती भनेको कुनै जाति विशेष नभएर मानवीय प्रवृत्ति हो भन्ने यथार्थलाई बुझेर पनि बुझ पचाउनु झन् आश्चर्यजनक छ । देशको सबैभन्दा ठूलो खस क्षत्री जातीय समुदायलाई राज्यले ‘अन्य’ समूहमा वर्गीकरण गरेर पूर्ण समानुपातिकताको दायराभन्दा बाहिर राखी आदिवासीय पहिचान तथा पहुँचबाट वञ्चित गराउन खोजिरहेको आजको अवस्थामा आफ्ना जातीय तथा संस्कृतिजन्य हक–अधिकारको संरक्षणका लागि तथा अनावश्यकरूपले पैmलाइएका भ्रमहरू चिर्नका लागि समेत सबै खस–क्षत्रीहरूले एकताबद्ध हुनु आवश्यक भइसकेको छ ।

समाचार प्रकाशित मिती : Tuesday, 8 November, 2011 (लेखक)

No comments:

Post a Comment