Tuesday, February 28, 2012

खसको नालिबेली


अन्नपूर्ण पोष्ट आइतबारे परिशिष्टांक, १४ फागुन २०६८

ऐतिहासिक क्रममा ककेसस क्षेत्रबाट दक्षिण-पूर्वहुँदै कैयौं शताब्दीको अन्तरालमा यस हिमवत् खण्ड तथा नेपालमा आइबसेका आदि ककेसियनहरु नै खस जाति भएको देखिन्छ।

उनीहरु यस हिमवत् खण्डमा स्थापित भइसक्दा दक्षिणतर्फको मैदानी क्षेत्र वा गंगा ब्रहमपुत्रको मैदानमा सिन्धु उपत्यकाको सभ्यता विकसित भइसकेको थिएन। सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग -ईशापूर्व ३३०० देखि १३००० मानिन्छ। यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो। हालको उत्तर पूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो। त्यहाँ आर्य जातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाललगायत हिमवत् क्षेत्रमा देखा परिसकेका थिए। यसबाट खस आदिवासी हुन् भन्ने तथ्यमा कुनै शंका गर्ने ठाउँ रहँदैन।

आर्यलाई कतिपय इतिहासकारले हिन्दुस्तानमा आक्रमण गर्न आएको जातिको समूह मान्दछन्। उनीहरु १५०० देखि १००० ईशापूर्वमा भारततर्फ प्रवेश गरेको मानिन्छ। तर खसका बारेमा यस प्रकारको तर्क गरिएको छैन। यसको कारण के हो भने उनीहरुभन्दा केही सहस्राब्दी अघि नै जंगली एवं घुमन्ते जातिका रुपमा खसहरु नेपाल पुगिसकेका थिए। भारत आउँदा रथ वा घोडा चढेर आएजस्तो नेपाल आउने सम्भावना पनि छैन।

खसहरु अधिकांश पहडैपहाडको बाटोबाट अगाडि बढेको देखिन्छ। त्यस्तै उनीहरुको बसाइँसराइ ठूलो संख्यामा भएको पनि देखिँदैन। हिमवत् खण्ड वा नेपालवाहेकका गंगा ब्र≈मपुत्रको मैदान वा सिन्धु उपत्यकामा खसको स्पष्ट कुनै उपस्थिति देखिँदैन। यसको अपवादका रुपमा कुशिनाराका मल्ललाई लिन सकिन्छ। उनीहरु खस जातिका भनिएको छ। तर समान्यतः हिमवत् खण्डका खसको तलका मैदानी फाँटका आर्य तथा त्यहाँको सभ्यतासँग संगत हुन लागेको केही शताब्दीमात्र भएको देखिन्छ। यसलाई पुष्टि गर्ने वैदिक तथा पौराणिक आधारहरुको कमी छैन।

वास्तवमा पश्चिम एशियादेखि पश्चिम नेपालसम्मको खस नामसँग मिल्दाजुल्दा भौगोलिक नामका आधारमा खस जातिको पूर्वतर्फको प्रयाण मार्ग अकाटय रुपमा पहिल्याउन सजिलो भएको छ। काबुलदेखि काश्मीर, लद्दाख, हिमाञ्चल प्रदेश, कुमाउँ, गढवाल, नेपाल र नेपालपूर्वका विशाल भूभागहरुमा खस जातिको अस्तित्व प्राग्वैदिक हो भन्ने निष्कर्षका लागि अब विशेष अनुसन्धानको आवश्यकता छैन। पश्चिम चीनको सिन्जियाङ प्रान्त तथा भोट एवं नेपालमा खसहरु एकैआपसमा देखिनुले पनि उनीहरुको ऐतिहासिकता प्राचीनतम लाग्दछ। अत्यधिक चिसो बढेका कारण खसहरुलगायत पश्चिम गेटका मोन्पाहरु लाखापाखा लागेको बताइन्छ। तथापि अहिले पनि उनीहरुको बसोबाससम्बन्धी ऐतिहासिक प्रमाणहरु उपलब्ध छन्।

खस जातिको जातीयता वा पहिचानको कुरा गर्दा यस उपमहाद्धीपका अन्य आर्यसँग पनि जोड्ने गरिन्छ। तथापि हिमवत् खण्डका खस जातिको अन्यत्र जातीय सम्बन्ध छैन। जातीय सम्बन्ध नहुँदा भाषा, धर्म, संस्कृति, समाज वा थातथलो कुनै पनि दृष्टिले खसको दक्षिण एसियाका अन्य जातिसँग सम्बन्ध रहेन। आज पनि खस सम्बन्धमा यही कुरा लागू हुन्छ। कतिले मुसलमानहरुको आक्रमण छल्न भारतबाट खस नेपाल पसेका हुन् भन्ने आसयका व्याख्याहरु पनि गरेका छन्। दक्षिण एसियाली उपमहाद्धीपमा मुसलमानहरुको ठूलो विजयगाथा छ।

सास्कृतिक रुपमा पनि मुसलमान आक्रमणको सिद्धान्त एउटा कुतर्कमात्र हो। मुगल साम्राज्यको विजय गाथामा पनि मुगलले कसैलाइ खेदेर नेपाल पुर्‍याएको लेखिएको छैन। तर नेपालबाहेक अन्य क्षेत्रमा लखेटेर पुर्‍याएको भने लिखित रुपमा भेट्न सकिन्छ। मुगल साम्राज्यको डरले भागेर शरणार्थी भइआएका आम आप्रवासीलाई नेपाल पहाडमा शरण दिएको पनि कुनै ऐतिहासिक स्रोतमा उल्लेखित छैन।

यो कुरा साँचो भएको भए एघारौं शताब्दीमा यस क्षेत्रको इतिहास लेख्ने पहिलो मुस्लिम इतिहासकार अल्बेरुनीले यस सम्बन्धमा अवश्य नै लेख्ने थिए होलान्। वास्तवमा महमुद अफ हाजनीले उत्तरपूर्वी भारतमा आक्रमण गर्दा उनी साथै थिए। मुगल वंशका संस्थापक बाबरलगायत शासकले आप\mनो महिमा लेखाउँदा यति ठूलो उपलब्धिलाई लुकाउनुपर्ने कारण थिएन। त्यसै पनि भारतमा मुसलमानहरु देखिनुभन्दा हजारौं वर्षअघि देखि नै नेपालमा खस रहेको स्पष्ट नै छ। यदि बा≈य क्षेत्रबाट त्यसरी बृहत् संख्यामा शरणार्थीहरु मुलुक छिरेका भए नेपालको इतिहासमा सो कुरा अवश्य नै उल्लेख हुने थियो।

सामान्यतः बा≈य मुलुकबाट आएका आप्रवासीले आप\mनो मूल थलोलाई आठ-दस सय वर्षमै बिर्सदैनन्। न स्थानीयहरुले नयाँ आप्रवासीलाई सहजै शरण दिन्छन्। विश्वभरको आप्रवासको इतिहासमा नयाँ र पुराना बासिन्दाबीच हुने झडप एकदमै सामान्य मानिन्छ। तर नेपालको इतिहासमा पुराना स्थानीय र शरणार्थी भई आएकाहरुबीच त्यस्तो झडप भएको पाइँदैन।

त्यस्तै मुस्लिम आक्रमणबाट नेपाल आएका पीडितले पनि आप\mनो कथा अवश्य नै लेख्ने थिए होलान्, भारतीयसँग पारिवारिक सम्बन्ध पनि हुनुपर्ने थियो। बिहेबारी आदि चलन रहेको हुनुपर्ने थियो। उनिहरुको भारतको मामाघर वा ससुरालीतर्फ आवत्जावत हुनुपर्ने थियो। तर भारतीयहरुसँग नेपाली खस समुदायको सो प्रकारको सम्बन्ध भएको देखिँदैन। जब यताका परम्परागत बाहुन र उताका ब्रा≈मणमा भान्सा नै चल्दैन भने यसको ऐतिहासिककरण हुन्छ नै। कुमाइ बाहुन क्षेत्रहरुको महाकाली पश्चिमका पहाडी जातिसँग बिहेवारी चल्दछ। तर उनीहरुमा पनि दक्षिणतर्फ बिहेवारीको प्रचलन छैन। सास्कृतिक दृष्टिले हेर्ने हो भने दशैं-तिहार मान्ने समुदायमा वर्षको एकपटक घर फर्किने चलन नहुनु सामान्य नेपाली समुदायमा सोच्न नसकिने कुरा हो। हिमवत् खण्डमा दर्जनौं उपल्लो स्तरका संकृत साहित्यिक ग्रन्थहरु लेखिएको पाइन्छ। तिनमा यति ठूलो राजनीतिक उथलपुथलबारे नलेखिनु सम्भव थिएन।

हिन्दु धर्मको प्रभाव दक्षिण एसियाबाहेकका बर्मा, थाइल्यान्ड, भियतनाम, मलेसिया, फिलिपिन्स इत्यादि क्षेत्रमा सन् २०० देखि ६०० सम्मा कायम भएको देखिए तापनि हिमवत् खण्डमा यसको प्रभाव केवल १५ औं शताब्दीपछि मात्र देखापरेको छ। खस शासक वर्गले बौद्ध धर्मबाट हिन्दु धर्म अपनाउँदै जाँदा सोहीअनुसार आम खसहरुमा यसको प्रभाव पर्नु सामान्य रुपमा बुझिने कुरा हो। यही प्रभाव स्वरुप शासकहरुले झैं आम खसहरुले पनि हिन्दु धर्म अँगाल्दै अघि बढे। यसका लागि मुलुकमा पूर्वाधार नभएका कारण ऐतिहासिक कालमा खस राजाहरुले संस्कृत पढेका तथा भारतीय परम्परामा हुर्केका पण्डितहरुलाई शास्त्र मर्मज्ञ मान्दै उनीहरुबाट शिक्षादीक्षा लिन रुचाएको देखिन्छ। धामी-झाँक्री र खाँडो जगाउने लोकरञ्जक पम्परामा हुर्किका खस बाहुनहरुले संस्कृत नपढेका हुनाले उनीहरुलाई शास्त्रीय कसीमा आफूलाई उभ्याउन गाह्रो हुन्थ्यो। तसर्थ धार्मिक ज्ञानका अभावमा उनीहरुसँग शास्त्रार्थ गर्ने क्षमता हुदैनथ्यो। यो परिस्थितिमा ठूला धार्मिक अनुष्ठान तथा कार्यक्रमहरुमा सल्लाह दिन भारततर्फ जाने पम्परासँगै कर्मकाण्डका पुस्तकहरु पनि नेपाल छिर्न थाले। जहाँ जहाँ कर्मकाण्डले प्रवेश पायो, त्यहाँका पुराना प्रचलनहरु विस्थापित हुँदै गए।

उपत्यकाका मल्ल राजाहरुले धेरै पहिल्यैदेखि भारतीय पण्डितलाई मठमन्दिरका पुजारी बनाएको देखिन्छ। योभन्दा धेरैअघिदेखि नै पशुपतिनाथलगायत कतिपय मन्दिरमा भारतबाट ल्याइएका भट्टद्धारा पूजाअर्चना गराउने प्रचलन सुरु भएको हो। यो प्रचलन आज पनि कायमै छ। शंकराचार्यले बनाएको नियमबमोजिम राजा यक्ष मल्ल -सन् १४२८-१४८२) ले दक्षिण भारतका ब्रा≈मण भट्टहरुमा यो जिम्मेवारी दिएको सिल्भाँ लेभीले आप\mनो सन् १९०५ को पुस्तकमा लेखेका छन्। भारतबाट ल्याइएका पण्डितहरुको परिचय आज पनि त्यही रुपमै कायम छ। तिनलाई खस पण्डित भनिँदैन। खसको समकक्षी पनि मानिँदैन।

(Sabhar: Nepal Ka Khas Jati)

Friday, February 24, 2012

"We want a Khas state", Annapurna Post


PLEASE DESIST FROM ATTACKING THE WRITER PERSONALLY AND BE RESPECTFUL TO OTHER READERS.

"We want a Khas state", Annapurna Post


FROM ISSUE #591 (10 FEB 2012 - 16 FEB 2012) |

Annapurna Post: Why are you protesting against the government? Are you going to resign from your ministerial position?

Lekhraj Bhatt:
I have no problem giving up this post. I am the son of the far west first and then a member of my party. The people of the far west have been betrayed again. This protest is to ensure their rights. The way the SRC has divided far west is not acceptable to us. The entire region shares a common history, culture and heritage. I have always said that the indigenous people of Banke, Bardiya, Kailali and Kanchanpur are also Khas Aryans. Our demand is an integrated far-west province.

Won't other ethnicities be deprived of their rights if the far west is declared as a Khas state?

We the Khas Aryans are the majority in this region. And yet we have no rights here. I have always maintained that carving the country into ethnic states is not good. But if they want to restructure Nepal on an ethnic basis, we should get a Khas state too.

Why didn't you protest against your party when it proposed a divided far west before?

I had and I was labeled an 'anti-federalist' in my own party for saying this. I was also called anti-Tharu. I think our party did not act maturely enough at the time.

Are you trying to become a leader of the Bahun-Chettris?

Not at all. I am just saying that the rights of Khas people should also be respected. If Madhesis and Janjatis fought for their rights, should we not fight against being categorised as 'others' in our own land?


Wednesday, February 22, 2012

गोपाल किरातीलाई किन लाग्यो खसको चिन्ता ?


Source: http://rajyasatta.com/rajyasatta-dialogue/2142-2011-09-22-17-33-25
गोपाल किराती

22 September 2011

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक नेपालमा केन्द्रीकृत सामन्ती राज्यसत्ता निर्माण लगत्तै पहिचान र अधिकारको प्रश्न खडा भएको छ ।

छरिएरको जमिन केन्द्रिकरण गर्ने अर्थमा समान्तवादलाई र छारिएको उद्योग केन्द्रीकरण गर्ने अर्थमा पुँजीवादलाई माक्स्रवादी कम्युनिष्टहरु प्रगतीशील ठान्ने गर्दछन् । पृथ्वीनारायण शाहको सामन्ती केन्द्रकरणलाई यसरी हेरिए पनि त्यसको भारतीय उपहार हिन्दु वर्ण व्यवस्था नै त्यस सामन्ती राज्यसत्ताको निर्देशक सिद्धान्त बन्न गएकोले नेपाली समाजवादी विरुद्ध वाहुवाद थोपरियो । अन्ततः एक जाति एक भॆष एक राजा एक देश भन्ने सामन्तवादको नारा हिन्दु राजा खस जाति र भाषाको एकाधिकारको परकाष्ठा बनेको अनुभव प्रष्ट गरियो । सूरुमा गोर्खाली सरकार भनिएको नेपाल सरकार श्री ५ को सरकारका साचालकहरु मुख्यतःब्राम्हण क्षेत्री ठकुरी सन्यासीका रुपमा चिनिने खसहरु रहँदै आए । अतः नेपाली समाजको जातीय सन्दर्भमा खसहरु शासक उत्पीडक तहमा रहँदै आएको ऐतिहासिक तथ्य व्याख्या गरिरहनु पर्दैन ।

सन् १९५० को राणा शासनविरोधी आन्दोलन त्यसपछिको वामप्रजातान्त्रिक आन्दोलन कसैबाट नेपाली समाजको वर्गीय जातीय क्षेत्रीय तथा लैंगिक अधिकार एवं पहिचानको सकारात्मक व्यवस्थापन नभएपछि नेपाली जनता नेकपा माओवादी नेतृत्वको जनयुद्धमा समुद्रको ज्वारभाटा झैं बनेर अघि बढे । १० वर्षीय महान् जनयुद्धको एक उत्कर्षको रुपमा जनआन्दोलन भयो । संविधानसभा निर्वाचन र गणतन्त्र घोषणासम्म गरियो । अन्तरिम संविधानले नेपाललाई संघीय राज्यको तहमा ठोस मार्ग निर्देशन गरेको छ । उत्पीडित जनता र सर्वहारावादीहरुको नीतिमा पहिचान सहितको संरचनामा त्यही ढाँचाको संघीयता अभिव्यक्त छ भने राज्य पुनस्ररचना समितिको प्रतिवेदनबाट संविधानसभामा जातीय संघीयताको प्रष्ट खाका छ । प्रतिगामी दलका नेताहरु र खासगरी भारतीय विस्तारवाद जातीय पहिचान सहितको संघीयता विरुद्ध ज्यान छाडेर लागेको भएपनि आदिवासी मधेशी र पश्चिप नेपालका खस जनता नेपाली संघीयताको निर्णायक शक्तिका रुपमा अग्रसर छन् । जातीय पहिचान सहितको संघीयताको विरोध गर्ने काम नेपालमा भयानक गृहयुद्धको निमन्त्रणा वाहेक अरु हुन सक्दैन भन्नेमा शान्ति र राष्ट्रिय स्वाधीनताका पक्षधरहरुवीच बलियो ऐक्यबद्धता छ ।

प्रस्तुत पृष्ठभूमिमा खस जातिको मानिसमा संशय चिन्ता र प्रतिरोधका भावना प्रकट भईरहेको देखिन्छ । यसैमा विस्तारवादका दलाल समान्ती राज्यसत्ताका भारदारहरु खेल्न खोज्दैछन् । हामीले पूर्वमा किराती आन्दोलन साचालन गर्दा नेपालमा खस जातिको खसान गणराज्यको पनि वकालत गरेका थियौं । राज्यपुर्नसंरचना मन्त्रालयद्वारा तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई प्रस्तुत गरिएकोको प्रतिवेदनको मानचित्रमा बकाईदा खसानको चित्र अंकित थियो । सरकारबाट राजिनामा पश्चात केन्द्रिय समितिका लागि सम्पन्न पोलिटब्यूरो वैठकमा हामीले नै संघीय नेपालमा खसान राज्य निर्माणबारे जोडदार विषय प्रवेश गराएपछि त्यस पक्षमा व्यापक समर्थन बनेको हो । तर नेताहरुले निर्णय दिँदा अहिले नगर्ने भनेपछि त्यो थाँती रहन गयो । परिणाममा सर्वहारा आन्दोलनले क्षतिहरु बेहोर्नुपर्ने खतरा बढ्दैछ ।

जबजब जातीय संघीयताको आवाज मुखरित बन्दै आउँछ तब चित्रबहादुर केसी सीपी मैनालीहरु संघीयताको चर्को वरोध गर्दछन् र हिन्दु एकात्मक सामन्ती राजतन्त्र फर्काउने दुश्चेष्टा बोल्छन् । विस्तारै क्षेत्री एकता समाज वा बाहुन एकता समाज आदिका नाममा संघीयताको विरोध गर्ने र एकात्मक राज्यसत्ता कायम राख्ने प्रतिगामी उद्योग मच्चाउन खोज्छन् । अब प्रश्न खडा हुन्छ त्यो क्षेत्री वाहुन उकता समाजलाई सर्वहारावर्गले कसरी हेर्ने के क्रान्तिकारी भनेर हेर्ने के प्रतिकि्रयावादी भनेर तपाई ती एकता समाजहरुलाई प्रतिकि्रयावादी भन्नुहुन्छ भने त्यसमा विचार मजदुर किसान समुदायका मानिस लागेका छन् । अधिकाँशत माओवादीकै खस साथीहरु लाग्दैछन् । तपाई त्यसलाई क्रान्तिकारी भन्नुहुन्छ भने त्यो क्षेत्री वाहुन एकता समाज साचालक समितिको महानिर्देशक रुक्मांगद कटुवालहरु छन् । मधेसी जनताको मुक्तिकॊ प्रश्न जनवादी क्रान्तिमा एक अनिवार्य सर्त हो । तर सर्वहारा वर्गले जनभावना अनुकूल नेतृत्व दिन नसक्दा तिनै मधेशी गौर हत्याकाण्ड गराउन अघि सर्छन् । खस पहाडिया उच्च जातीय अहंकारविरुद्ध लड्ने क्रममा तराई मधेशबाट माओवादी लखेटिन्छ । जनयुद्धको सहिदको रगतले लेखिएको इतिहासले बोल्छ मधेसी क्रान्तिको जागरण माओवादी जनयुद्धले स्थापित गरेको थियो । सही नेतृत्व व्यवस्थापन गर्न नसक्दा उत्पीडित समुदाय मधेसी सर्वहारा पार्टीका विरुद्ध यसरी प्रकट हुने अनुभवका आधारमा भन्न सकिन्छ उत्पीडक जातिका खसहरुको व्यवस्थापन नगर्ने हो भने यहाँ क्रान्ति होइन क्रान्तिअभि नै प्रतिक्रान्ति चाहिँ अवश्य हुन्छ ।

लेनिन शासक जातिको हुनुहुन्थ्यो । शासक जातिको भएर पनि सर्वहारा कम्युनिष्टमा रुपान्तरित लेनिनले रुसी साम्राज्यवादलाई ध्वस्त पार्दै रुसीहरुद्वारा उत्पीडित तमाम जातिको आत्मनिर्णयको अधिकार स्थापित गर्दै संघीय सोभियत अन्तर्गत त्यहाँ जातीय गणराज्यको फेरि व्यवस्था लागू गर्नु भयो । जातीय गणराज्इ स्थापना गर्दा विगतमा उत्पीडित जातिहरुको मात्र होइन रुसी जातिको रुस गणराज्यको पनि नयाँ व्यवस्थापन गरियो । जातीय सन्दर्भमा यो माक्स्रवाद लेनिनवादको सारतत्व हो । लेनिन र तत्कालीन रुस संघीयतामा जानैपर्ने वस्तुगत कारण त्यहाँका जातिको जनसंख्याको उपस्थिति हो । तत्कालीन रुसमा ५७ प्रतिशत उत्पीडत जातिका गैररुसीहरु थिए भने रुसीहरुको जनसंख्या ४३ प्रतिशतमात्र थियो । यसरी तत्कालीन रुसमा उत्पीडक जाति रुसीहरुको जनसंख्या सामान्यता अल्पसंख्यामा रहेकैले त्यहाँ संघीयता कार्यान्वयन गर्नुपर् यो जो क्रान्तिकारी बन्यो भने नेपालमा शासक जाति खसहरुको जनसंख्याको स्थिति के हो ? सोभियत संघ वा चीनको जस्तो हो ?

चीनमा शासक जातिका हानहरुको जनसंख्या ९२ प्रतिशत थियो । त्यसैले सोभियत संघमा शासक जातिका रुसीहरुको रुस गणराज्य जस्तो जनगणतन्त्र चीनमा हानहरुको छुट्टै गणराज्यको जरुरत परेन । र हान अहंकारवादद्वारा उत्पीडित ५५ जातिका आठ प्रतिशत जनातको स्वायत्त क्षेत्रको व्यवस्थापन एकात्मक चीनकै संरचनाअन्तर्गत गरियो । यो नै चीनमा जातीय सन्दर्भमा माक्स्रवाद लेनिनवादको वैज्ञानिक प्रयोग बन्न पुग्यो । अत तथ्य स्पष्ट छ नेपालमा समग्र जातिको जनसंख्याको स्थिति चीनको जस्तो पटक्कै नभएर सोभियत संघको समान थियो । जस्तो सोभियत संघमा ४३ प्रतिशत रुसीहरु थिए भने नेपालमा व्राहमण क्षेत्री ठकुरी सन्यासी जो एक मुष्ठमा खस जातिको जनसंख्या ३० प्रतिशत वरपर छ । त्यसमा दलितहरुको जनसंख्या जो उत्पत्ति धर्म संस्कृति र भाषाको दृष्टिले खस जातिकै हुनलाई एक ठाउँमा राख्ने हो भने तत्कालीन रुसमा रुसीहरुको जनसंख्याको बराबर हुन्छ । परन्तु दलितहरुको जातीय होमल्याण्ड खस गणराज्य नै भए पनि हिन्दु वर्णाश्रम व्यवस्थाको चरम उत्पीडनले गर्दा उनीहरुको छुट्टै जातीय मुक्ति मोर्चा अपरिहार्य छ । अत यसरी कम्युनिष्ट आन्दोलनमा जातीय आन्दोलनको समायोजनबाट समाजवादी व्यवस्थापन गर्दा मालेमावादीको इतिहास र सिद्धान्त दुबैले खस पहिचानको गणराज्य स्थापनाको सर्त अनिवार्य बनेर आउँछ ।

आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्धारित माओवादी पार्टीको जातीय नीतिमा उत्पीडित जातिहरुको हकमा त्इाे नीति सही रहेकोा छ र त्यसैले उत्पीडित जातिका जनता माओवादी झण्डामा संगठित बन्दै जातीय संघीयता र समानुपातिक समावेशी अधिकारका लागि बढ्दैछन् । जातीय पहिचान आधारित संघीयता कार्यान्वयनबाट उत्पीडित जातीय स्वायत्तताको व्यवस्थापन इतिहासको क्षतिपूर्ति र उनीहरुको प्रगतिका लागि नेपालमा नयाँ राज्यप्रणालीको स्थापना हो । यसको पृष्ठभूमि नेपाली समाजको इतिहासको अकाट्य संरचना नै हो । त्यसबेला माओवादीले जातीय नीति निर्धारण गर्दा विशेषत उत्पीडित जातिलाई संगठित परिचालित गर्ने उद्देश्यबाट प्रेरित रहेको देखिन्छ । परन्तु उप्पीडित जातिलाई संगठित परिचालित गर्ने उद्देश्यबाट प्रेरित रहेको देखिन्छ । परन्तु उप्तीडित जातिको पहिचानको आवाज उठाउने माओवादीले एकात्मक नेपालका शासक उत्पीडक तर संघीय नेपालका खसहरुको पहिचानका लागि माक्स्रवादी लेनिनवादी नीति निर्माण नगर्नुअबका निम्ति जघन्य गल्ती हुन जान्छ । जातीय भाषीक वा सांस्कृतिक पहिचानको आवाज उठाउने हो भने के सबै जातिको पक्षमा आवाज उठाउनु पर्दैन र अवश्य पर्छ । त्यसैले माओवादी पार्टीको केन्द्रीय समिति हुँदे स्थायी समितिमा रोगाएर बसेको खस मोर्चाबारे प्रस्तावलाई अविलम्ब प्राथमिकता दिनुपर्छ । अन्यथा मधेसमा भाँडिएको राजनीतिले पुर् याएको क्षतिपूर्ति गर्न नपाउँदै क्षेत्री वाहुन एकता समाजलाई प्रतिकि्रयावादीकरण गर्ने र सर्वहारा क्रान्तिका विरुद्ध दुरुपयोग गर्ने गम्भिर खतरा टार्न सकिने छैन ।

अन्त्यमा हामीले खस गणराज्य र खस मोर्चाको पहलकदमी लिएपछि खासगरी पार्टी भित्र प्रश्नहरु खडा भएका छन् र कुरै नबुझी हामी विरुद्ध कतिपय गुटबन्दी भईरहेको सुन्नमा आउँछ । त्यसमा दुईटा प्रश्न छन् । पहिलो रुसमा रुसीहरु एउटै भौगोलिक क्षेत्रमा मुलत बसोबास गर्थे्र त्यसकारण उनीहरुको रुस गणराज्य सम्भव थियो भने नेपालमा खसहरु देशैभरि छरिएरुर बसेका छन् । अब कसरी खस गणराज्य बनाउने र दोस्रो उत्पीडित जातिको मोर्चा जातीय मुक्तिको निम्ति हहो भने शासक जातिको मोर्चा गठन के फेरि दमनका लागि हो पहिलो प्रश्नको जवाफमा नेपालमा मगर गुरुङ्ग नेवार र तामाङ्गहरु पनि देशैभरि छरिएका छन् । अब के मगरात तमुवान नेवाः र ताम्सालिङ्ग गणराज्य बन्न नदिने विचार त घोर प्रतिकि्रयावादी विचार पो भएन र तसर्थ देशभिर मात्र होइन संसारभरि छरिएका भए पनि संघीय नेपालमा खस जातीय पहिचानको एउटा गणराज्य हुनै पर्दछ । दोस्रो प्रश्नको सन्दर्भमा खस मोर्चाको विचारधारा के हुने भन्ने प्रश्नले निर्धारण गर्छ । यदि त्यो साम्राज्यवाद विस्तारवादको इशारामा चल्ने विचार राख्छ अर्थात रुक्मांगद ओली विचारले चल्छ भने त्यसले विगत अढाई सय वर्षको जातीय दमनलाई नयाँ आधारमा विकसित गर्छ र उत्पीडित जातिलाई गृहयुद्धमा झोंकेर विनाश गर्छ । तर यो खस मोर्चा सर्वहारा वर्गको नेतृत्वमा बाह्य र आन्तरिक राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने विचार राख्छ भने त्यसले उत्पीडित जातिको दमन होइन मुक्ति आन्दोलनमा सहयात्रीको इतिहास निर्माण गर्छ । अत: हामीले उठाएको खस गणराज्यका लागि खस मोर्चाको सवाल सर्वहारा वर्गको नेतृत्वमा जनताको संघीय गणतन्त्र स्थापना र कार्यान्वयनको पक्षमा हो भन्ने तथ्यबोध गर्न जरुरी छ ।

कसैले उत्पीडित जातीको संघीयताको अधिकारमाथि प्रश्न गर्छ भने त्यो जातीय दमनकारी शत्रु हो र कसैले प्रगतिशील खस गणराज्य र मोर्चालाई निषेधको चेष्टा राख्छ भने त्यसलाई माओवादीहरु घोर अन्धजातिवादी साम्प्रदायिक विचारका रुपमा बुझ्छन् । र ती दुबै अतिवादविरुद्ध दृढतापूर्वक संघर्ष गर्दै नेपालमा सबै जातिको मोर्चा सबै जातिको स्वायत्तता र सबै जातिको जनवादी आधारमा नयाँ राष्ट्रिय एकता निर्माणको दिशामा अघि बढ्छन्

Monday, February 20, 2012

वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ?

प्रा.डा. सुरेन्द्र के.सी.
http://rajyasatta.com/analysis/2325-2011-11-10-15-42-32

जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई विस्थापित गराई यहाँको राज्यसत्ता एवं अन्य स्रोत-साधनमाथि एकलौटी हकभोग कायम गरेको' जस्तो चरम साम्प्रदायिक एवं विखण्डनकारी सोचलाई अभियानको रुपमा प्रचारमा ल्याउन पुग्दा हाल देशमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा अभूतपूर्व ढंगले मौलाउन पुगेको छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् ।

विषय-प्रवेश

२०४६\०४७ को राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिमा पहिचान र प्रतिनिधित्वको नाममा जातीय राजनीतिले उल्लेख्य प्रोत्साहन पाउन थाल्यो । एकपछि अर्का जातीय संस्थाहरु खुल्न थाले । कोही आफूलाई जनजाति त कोही आदिवासी भन्न थाले । पाश्चात्य शिक्षादीक्षा एवम् राजनीतिबाट प्रभावित मात्र होइन आफ्नो श्रीसम्पत्ति र भविष्य नै उतै थन्क्याएर तत्कालका लागि देशीय राजनीतिको दोहन गर्न नेपालको नीति निर्णयको तहमा जमेका स्वार्थी एवम् ढोंगी नेताहरुले मुलुकको भविष्य एवम् सदियौंदेखिको जातीय एवम् धार्मिक सहिष्णुतामाथि पर्न सक्ने असरको आंकलन नै नगरी जनजाति उत्थान प्रतिष्ठान कार्यदल २०५३ गठन गरी त्यसैको सिफारिसमा हावा र हचुवाका भरमा पहिचानमा आइसकेका १०१ जात-जातिमध्ये
६१ लाई 'नेपालका जनजाति' का रुपमा सूचीकृत गर् यो । ती जनजातिहरु निम्नानुसार थिएः

१ किसान २ कुमाल ३ कुसवाडिया ४ कुसुण्डा ५ गनगाई ६ गुरुङ ७ चिम्टन ८ चेपाङ ९ छन्त्याल १० छेरोतन ११ जिरेल १२ झाँगड १३ ठिमतन १४ डोल्पो १५ ताङवे १६ ताजपुरिया १७ तामाङ १८ तोप्केगोला १९ थकाली २० थामी २१ थारु २२ थुदुम २३ दनुवार २४ दराई २५ दुरा २६ धानुक २७ धिमाल २८ नेवार २९ पहरी ३० पि्रु ३१ वनकरिया ३२ बरामो ३३ बाह्रगाउँले ३४ बोटे ३५ व्याँसी ३६ भुजेल घर्ती ३७ भोटे ३८ मगर ३९ मनाङे ४० माझी ४१ मार्फाली ४२ मुगाली ४३ मेचे ४४ राई ४५ राउटे ४६ राजवंशी ४७ राजी ४८ लार्के ४९ लिम्बू ५० लेप्चा ५१ ल्होपा ५२ ल्होमी ५३ शेर्पा ५४ सतार ५५ सियार ५६ सुनुवार ५७ सुरेल ५८ स्यांग्टन ५९ हायू ६० वालुङ ६१ ह्याल्मो ।

स्वभावतः त्यसको लगत्तै उक्त सूचीको पक्ष विपक्षमा उल्लेख्य कि्रया-प्रतिकि्रयाहरु शुरु भए । कोही किन उक्त जनजातीय सूचीमा सामेल हुने जिज्ञासा राख्न थाले भने कोही चाहिँ 'जनजाति' शब्द 'हीन' भएको हुँदा आफूलाई त्यसमा सूचीकृत हुन इच्छुक नरहेर त्यहाँबाट आफ्नो नाम हटाउने माग राख्न इच्छुक देखिए । उता अरु कोही चाहिँ आफूहरु त्यसमा सूचीकृत हुन इच्छुक रहेको प्रतिकि्रयासम्म दिने अन्यथा संघर्षमा जानेसम्मका चेतावनी दिन थाले । तथापि सूचीकृत जनजातिहरुको सरकारमाथि दबाब दिने र स्वयंलाई राज्यसंयन्त्रको मूलप्रवाहमा ल्याइनु पर्ने अडान र मागमा कुनै शिथिलता होइन तीव्रता नै आयो । एकाध जनजातिहरु कहिले उक्त सूचीबाट हट्ने वा सामेल हुने प्रकि्रया भए तापनि त्यसको मूलभावनामा कुनै कमी आएन । त्यसको विपरीत तिनीहरु स्वयंलाई 'आदिवासी' भन्न थाले र सरकारले पनि तिनको मागमा एकपछि अर्को उदार व्यवहार देखाउँदै गयो ।

अन्ततः २०५८ सालमा त्यसले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ जारी गर्दै नेपालमा उक्त जातिहरुको विशेष स्थितिलाई प्रत्याभूति प्रदान गर् यो । उक्त ऐनको परिच्छेद १ को क मा सोको परिभाषा गर्दै भनियो-
"आदिवासी\जनजातिू भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज छुट्टै सांस्कृतिक पहिचान छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।"

तदनुरुपको उक्त सूचीमा २०५४ मा तय भएको ६१ संख्याको सट्टा ५९ कायम गर्दा नयाँ सूचीमा स्यांगतन ठिमतेन र मनाङे जस्ता 'जनजाति' सामेल नदेखिए पनि एउटै थकालीका थकाली तीनगाउँले बाह्रगाउँले र मार्फाली एवं वालुङ तोप्केगोला डोल्पो ह्याल्मो व्याँसी थुदामलगायतका गाउँको आधारमा जातिकृत दर्जन बढी जातीय समूहलाई यथावत नै राखियो । धेरै विवाद आएपछि जनजाति महासंघले स्वेच्छाले यी जनजातिलाई क सङ्कटापन्न समूह ख अत्यन्त पाखा परेका समूह ग पाखा परेका समूह घ सुविधाबाट विाचत समूह ङ परिष्कृत समूह गरी विभिन्न ५ समूहमा विभक्त गरे तापिन त्यसभित्र परेका कपोलकल्पित जनजातिहरुको नामावली सुधार्ने तर्फ कुनै तदारुकता देखाइएको छैन । त्यसको विपरीत यस सूचीमा नामाकृत हुन आउनेको ताँती र एकपछि अर्को पृथक पहिचानका साथ त्यहाँ सूचीकृत भई स्वयंलाई राज्यको मूलप्रवाह र अन्य सुविधाबाट लाभान्वित गराउने दौड जारी नै रह्यो ।

अर्कोतर्फ यी जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई विस्थापित गराई यहाँको राज्यसत्ता एवं अन्य स्रोत-साधनमाथि एकलौटी हकभोग कायम गरेको' जस्तो चरम साम्प्रदायिक एवं विखण्डनकारी सोचलाई अभियानको रुपमा प्रचारमा ल्याउन पुग्दा हाल देशमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा अभूतपूर्व ढंगले मौलाउन पुगेको छ । त्यसमा पनि आदिवासी जनजाति दलित र मधेशीको नाममा तिनका बीच भएको घोषित कार्यगत एकताको कारण सामान्यतया मधेशी पहाडी विशेषतः क्षत्री बाहुन तथा अन्य जाति जनजातिबीचको अन्तरविरोध क्रमशः कटुतातर्फ अग्रसर भइरहेको आभास हुन थालेको छ । ठाउँठाउँबाट यी जातिका मानिसहरुमाथि दुव्र्यवहार हुन पुगी तिनीहरु विस्थापित हुन थालेका खबरहरु बारम्बार काठमाडौंमा ठोक्किन थालेको अवस्था छ । स्वभावतः यो स्थितिमा सबैले आ-आफ्नो जातीय पहिचान इतिहास र सत्यतथ्य प्रकाशमा ल्याउनैपर्ने भएको छ । अन्यथा तिनका लागि पश्चातापबाहेक अन्य बाँकी रहने दैखिदैन ।

नेपालमा क्षत्री-बाहुनको प्राचीनता


नेपालको लिखित र प्रामाणिक इतिहास इस्वीको पाँचौ शताब्दी अर्थात् ई ४६४ को मानदेवद्वारा स्थापित चाँगुनारायण स्तम्भले पुष्टि गरेको छ । राजा मानदेव वैशालीबाट काठमाडौं उपत्यका पसेका लिच्छविवंशीय क्षत्री थिए भन्ने तथ्य चाँगु स्तम्भको शिलापत्र स्वयंले यसरी स्पष्ट पारेकोः 'क्षात्रेर्णाजनवाश्रयेण विधिना दीषाश्रितोहं स्थितः' अर्थात् क्षत्रीको धर्मबमोजिम दीक्षा लिएर म बसिरहेको छु । यसै गरी शिलालेखमा ब्राह्मणको प्रसंग पनि आउँछ । धर्मदेवकी रानी अर्थात् राजा मानदेवकी आमा राज्यवतीले ब्राह्मणहरुलाई दान दिँदै सतीव्रतमा रहेको प्रसंग त्यहाँ परेको छ । यति मात्र होइन

लिच्छविकालका अधिकांश अभिलेखहरुमा बारम्बार क्षत्री-बाहुनलगायत चार वर्ण अठार जातिको प्रसंग आउने गर्छ । परिस्कृत संस्कृत भाषामा लेखिएका लिच्छविकालीन अभिलेखहरु स्वयंले त्यस बखतको समाजमा हिन्दू धर्ममा ब्राह्मण र क्षत्री जातिको झन् वर्चश्व थियो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ किनभने चाँगुस्तम्भबाहेक अन्य लिच्छवि अभिलेखहरुमा पनि यी जाति र नेपालको वर्ण व्यवस्थाबारे यथेष्ट उल्लेख गरिएको पाइन्छ ।


हिजो आज 'चार वर्ण छत्तीस जात' भनेझैं तिनताका 'चार वर्ण अठार जात' भन्ने चलन रहेको तथ्यलाई पनि उक्त अभिलेखहरुले स्पष्ट पार्दछन् । यस तथ्यलाई संवत ४२८ को थानकोट आदित्यनारायणको वसन्तदेवको अभिलेखमा पनि उत्तिकै अकाट्य ढंगले पुष्टि गरिएको छ । जसमा जय पल्लिका ग्राममा बस्ने ब्राह्मण मुखियालगायत गाउँका अठारै जातका गृहस्थीहरुलाई कुशल मंगल सोधेर आज्ञा भएको छ भन्ने सुस्पष्ट व्याख्या परेको छ । यताबाट नेपालमा लिच्छविकालदेखिनै क्षत्री-बाहुनलगायत अठारै जातिको अस्तित्व मात्र होइन वर्चश्व नै रहेको छ बरु लिच्छविकालीन अभिलेखहरुलाई केस्राकेस्रा केलाउने प्रा।डा। जगदीशचन्द्र रेग्मी जस्ता संस्कृतिसाधकहरुको निष्कर्ष के छ भने लिच्छविकालमा गुरुङ मगर र यस्तै मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पनि पाइँदैन । संभवतः यी जाति पछि मात्र नेपाल आएका थिए भनी उनले आफ्नो पुस्तक 'लिच्छवि संस्कृति' मा उल्लेख गरेका छन् ।


उपर्युक्त आधारहरुबाट क्षत्री-बाहुनहरु नेपालका कति प्राचीन जाति रहेछन् भन्ने अकाट्य प्रमाण मिल्छ । दुर्भाग्य लिच्छविहरु पनि किरातहरुकै जस्तो विस्थापित हुन पुग्दा यो परम्परा र समाज अविच्छिन्न रहेन । आठौं-नवौं शताब्दीपिछ काठमाडौंको सत्ताबाट लिच्छविहरु एकाएक ओझेल पर्न पुगे र इतिहास एकप्रकार अन्धकारमा पर्न गयो । काठमाडौंको शासन पनि उपत्यकामै सीमित रहन थाल्यो । एकैचोटी बाह्रौं शताब्दीमा काठमाडौंमा राजा ठकुरी र प्रजा गैर ठकुरीको नेवार राज्य देखापर्न पुग्यो भने सुदुरपश्चिमबाट खसहरुले बेलाबेलामा काठमाडौं उपत्यका नै हान्ने अन्यथा पूर्वमा चेपे-मस्र्याङ्दी र पश्चिममा कुमाउ गढवाल अनि उत्तरमा तिब्बतको गुंगेसम्मको विस्तृत राज्यमा अधिकार जमाउन सफल भए । इतिहासमा यसलाई ुखस साम्राज्यु भन्ने नाम दिइयो ।

खस र क्षत्रीसम्बन्धी विवाद


खस र क्षत्री समवयी शब्द भए तापनि यिनको समधर्मिता र भिन्नताबारे हाम्रो समाजमा उति बहस र विवाद हुन सकिरहेको छैन । कतिले रुप जे भए तापनि सारमा यी दुवै समधर्मी शब्द नै हुन् भनेका छन् भने कतिले यिनीहरु विपरार्थी शब्द नै हुन भन्ने गरेका छन् । तिनीहरुका विचारमा वर्णव्यवस्थाको सोपानबाट हेरिदा क्षत्री-ब्राह्मणपछिको विशिष्ट जाति हो भने खस धेरै तलको जाति हो । त्यसैले क्षत्री उच्च जात हो भने खस हीन जातिका रुपमा लिइन्थ्यो । अतः यी दुइका बीच कुनै तादात्म्यता नै छैन । यिनको उद्भव एवं आगमन प्रकि्रया समेत समान छैन । अझ तिनीहरु त कहाँसम्म भन्छन् भने खस भनेका हिन्दूधर्मी तागाधारी पवित्र जाति हुन् खस भनेका वर्ण व्यवस्थाभित्र नपर्ने मतवाली अवैदिक क्षत्री हुन् । त्यसैले हामीले पनि यही विपरार्थी सोचभित्रबाट क्षत्री र खसका बारेमा विचारविमर्श एवं खोज-अनुसन्धान गर्नुपर्ने हुन्छ किनभने यसभित्र उल्लेख्य सत्यता रहेको पनि प्रतीत हुन्छ । यिनीहरु साना वा ठूला वा उच वा हीन हुन कि होइनन् भन्ने कोणबाट भन्दा पिन
यिनीहरुको वास्तविक उद्भव एवं आगमन प्रकि्रयाको कोणबाट यो विषय अनुसन्धेय बन्न पुगेको हो ।

आगमन प्रकि्रया
माथिल्ला प्रसंगमा नेपालमा क्षत्री जातिका मानिसहरुको आगमन प्रकि्रयाबारे थोरै उल्लेख गरियो । त्यसरी हेर्दा स्वयं लिच्छविकालका राजाहरुले आफूहरु क्षत्रिय रहेकोमा गौरव गर्ने गरेका प्रसंगबारे पनि उल्लेख गरियो । यसबाहेक लिच्छिव अभिलेखहरुको मसिनो अवलोकन गरिएको खण्डमा लिच्छविकालमा क्षत्री जातिको समाजमा उल्लेख्य प्रभुत्व उपस्थिति एवं हैसियत रहने गरेको फेला पर्छ तर स्वयं लिच्छवि इतिहासमा क्रमभंगता आउन पुग्दा आज ती लिच्छविकालीन क्षत्री-बाहुनहरु को हुन् र कुन हालतमा रहेका छन् त्यो भन्न त्यति सजिलो छैन । कतै तिनीहरु सबै नेवारी समुदायमा सम्मिलित भइसकेका त होइनन् किनभने यो समाज कुनै स्वतन्त्र र स्वायत्त समाज नभई गोपाल किरात र लिच्छविकालमा जात-जातिको सम्मिलन एवं सम्मिश्रणबाट नै विकसित बनेको यथार्थ हाम्रा सामु समुपस्थित नै छ । यसमा लिच्छवि समाजको कति योगदान रह्यो कसैले पनि यसतर्फ ध्यान दिन सकिरहेको छैन ।


उता यस तथ्यलाई घोर उपेक्षा गर्दै एकैचोटी बाह्रौं शताब्दीमा भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्मको बचाउका लागि मात्र क्षत्री-बाहुनहरु नेपाल पसेका हुन् भन्ने एकोहोरो रट लगाउने र त्यही अन्धविश्वासमा आफूहरु रम्ने एउटा सतही प्रवृत्तिले सबैलाई गाँजेको देखिन्छ । यसलाई पूर्ण सत्य मान्नु ठूलो गल्ती हुनेछ । यी मध्ये को खसबाट हिन्दूकृत भई क्षत्री बनेका जाति हुन् को लिच्छविकालीन क्षत्री हुन् र को बाह्रांै शताब्दीबाट नेपाल प्रवेश गरेका क्षत्री हुन् सबैको ठीकठीक एवं वास्तविक निरुपण गरिनु अत्यावश्यक छ ।

यसको विपरीत कर्णाली भेगमा बसोबास गरेका खसहरुको इतिहास केलाउनमा आनाकानी ढिलासुस्ती र बेइमान प्रवििध अवलम्बन गरिए तापनि यस जातिको अस्तित्व र सत्यासत्यमा सदाकाल पर्दा हाल्न सक्ने स्थिति विद्यमान देखिन्न । किनभने त्यहाँका खसले हालसम्म पनि अविच्छिन्न रुपमा आफ्नो बसोबास पृथक भाषा धर्म संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दै खस जातिको सामूहिक पहिचान प्रस्तुत गर्न कुनै कसर बाँकी राखेका छैनन् । जसअनुसार तिनको इतिहास हेर्दा एकसमयमा तिनीहरु पूर्वमा चेपे-मस्र्याङ्दी पश्चिममा कुमाउ-गढवाल र उत्तरमा तिब्बतको गुंगेसम्म विस्तारित भएको तथ्यलाई माथि पिन उल्लेख गरियो । यसैगरी यस जातिको इतिहास हेर्दा िसंजा उपत्यका प्रवेश गर्नुपूर्व २ सय वर्षसम्म कुमाउ उपत्यकाको शासक वर्गका रुपमा रहिसकेको तथ्य पनि त्यत्तिकै प्रामाणिक छ ।खस जातिको पूर्वरुप एवं नेपालसम्मको आगमन प्रकि्रया हेर्दा यिनीहरु बेविलोनियाको कस्साइटबाट इरान र इराकको सिमानामा पर्ने खशिस्तानको बासिन्दाको हैसियतमा स्वयंलाई नामाकृत गरेको प्रतीत हुन्छ ।त्यहाँ यिनीहरु 'कस' जातिका रुपमा प्रसिद्ध भए जसलाई अंग्रेजहरुले 'कस्साइट्स' भन्ने नाम दिए । यिनै कसहरु कालान्तरमा 'खस' भए । यिनीहरु मूलतः अवैदिक आर्य थिए र पश्चिमेसियाबाट भारत प्रवेश गर्ने क्रममा ईसापूर्व प्रथम सहस्राब्दीमा यिनीहरु वर्तमान अफगानिस्तान तथा पाकिस्तानको उत्तरी भाग र काश्मिरको दुर्गम क्षेत्रमा पर्ने बाल्हीक प्रदेशमा आइपुगे । जसलाई बाहिक प्रदेश पनि भनियो ।जो हाल भारतको पंजाव प्रान्त वरिपरि छ । यसले वर्तमान काश्मिर क्षेत्रलाई पनि समेट्यो । त्यसैले कस जातिको मीर अर्थात् बसोबास क्षेत्र भएको कारणले यो क्षेत्र पनि खसमोहिरबाट काश्मिर भएको सम्मका भनाईहरु पनि प्रचलनमा छन् । यही क्रममा यिनीहरु वर्तमान कुमाउ-गढवालसम्म आइपुगे र यिनै खसहरु क्रमशः कुमाउबाट वर्तमान नेपालको पश्चिमााचल क्षेत्रमा स्थानान्तरण हुन थाले । उक्त क्रममा सत्ता प्राप्त गर्ने खसहरु ठकुरी त अन्य कतिपय तागाधारी क्षत्री बन्ने प्रकि्रया सुरु भयो । कति खसहरु ब्राह्मण पनि बने कि यो पनि कम चाखलाग्दो र अनुसन्धान विषय होइन !

पश्चिम नेपालमा खसहरुलाई 'पावई खस' पनि भनिएको पाइन्छ । त्यसको अर्थ हो - पाखा-पखेरामा बस्ने मानिस । यी पावइहरु हाल पनि जुम्ला बझाङ र जाजरकोटका ग्रामीण भेगहरुमा उल्लेख्य संख्यामा बसोबास गर्छन् । यिनीहरु जनै लगाउँदैनन् र मदिरा पनि सेवन गर्छन् तर स्वयंलाई खस नभनी क्षत्री भन्न मन पराउँछन् । वस्तुतः यिनीहरु प्राचीन खसका वास्तविक उत्तराधिकारी हुन् ।

ऐतिहासिक तथ्य

उपर्युक्त आधारमा के भन्न सकिन्छ भने नेपालका क्षत्री-बाहुन यहाँसम्म कि दलितहरु समेत भारतको मैदानी भागबाट आएका क्षत्री-बाहुनभन्दा पृथक आगमन प्रकि्रया पृथक पहिचान र पृथक इतिहास छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् । किनभने यिनै क्षत्री-बाहुनहरु सम्पूर्ण नेपालमा बसाई सर्दै हालको मेची अाचल ताप्लेजुंग जिल्लासम्म विस्तारित भएका छन् । इतिहासकार सूर्यमणि अधिकारीले आफ्नो ुखस साम्राज्यको इतिहासु नामक पुस्तकमा भूमिसँग जोडिएका त्यस्ता क्षत्री-बाहुनहरुको थर देहायबमोजिम उल्लेख गरेका छन् । अतः यस लेखकलाई के लाग्छ भने अब उप्रान्त यी क्षत्री-बाहुनहरु आफ्ना पुर्खा खोज्न भारतको उज्जैन वा मध्य प्रदेशतर्फ भौंतारिन पुग्ने छैनन् र आफूहरु कर्णालीभेकसँग अविच्छिन्न ढंगले गाँसिएको र त्यहीँका गाउँ माटोबाट उब्जिएको भूमिपुत्र आदिवासी भएकोमा गौरव गर्ने छन् । यिनले स्वयंलाई हिन्दू भएकोमा गौरव गर्नुपर्ने पनि कुनै कारण रहने छैन वस्तुतः यिनीहरु पछिबाट नै हिन्दूकृत गरिएका हुन् ।


सोहीक्रममा यिनीहरु ठकुरी क्षत्री वा राणासम्म बनेका छन् । अन्यथा प्रथम राणा प्रधानमन्त्री स्वयं रामकृष्ण कुँवरका नाति वालनरिसंह कुँवरका पुत्र वीरनरिसंह कुँवर भएको सोहीक्रममा पछिबाट 'जंगबहादुर राणाजी' हुन पुगेको इतिहासका सम्पूर्ण पानामा यत्रतत्र पाइने तथ्यबाट कोही पनि अनभिज्ञ छैन नै । तर यो नेपाली खस बाहुनको धर्म तथा जाति पहिचानको सानो नमूना मात्र हो यथार्थमा धेरैको हकमा यो अवस्था समान ढंगले लागू हुने देखिन्छ तर थप अनुसन्धान पछि मात्र यसको सत्यसत्य प्रकाशमा आउन सक्नेछ ।

तलका दृष्टान्त हेरौः
१ खस साम्राज्यका सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु
अधिकारी - दराको हाकिम
कार्की - राजस्व अधिकृत
भट्ट - राजपुरोहित वा धर्माधिकारी
भण्डारी - राजकीय कोषको प्रमुख
लेखक - लेखक
महतारा - ग्रामप्रमुख
रोकाया - महताराको सहयोगी
थापा - सैनिक दर्जा
खड्गा - सैनिक दर्जा
राना - सैनिक दर्जा
बुढा - सैनिक दर्जा
बुढाथोकी - सैनिक दर्जा
२ कर्णाली प्रदेशका गाउँका नामबाट उत्पत्ति भएका थरहरु
जिल्ला गाउँ थर
जुम्ला धिता धिताल
पाण्डुसेरा पाँडे
सिाजा िसंजापित
चौडीलागाउँ चौलागाइर्ँ
प्याकुरी प्याकुरेल
सिम्खाडा सिम्खडा
अछाम तिमिल्सैन तिमि_िल्सेना
घमिराउ घिमिरे
देवकोट देवकोटा
ढुंगानी ढुंगाना
ढाँकु ढकाल
वजगाउँ वजगाईँ
रिमा रिमाल
स्वाँरा स्वाँर
घोडासैन घोडासैनी
पुडासैन पुडासैनी
धमाली धमला
दर्ना दर्नाल
कुइँका कुइक्याल
चाल्सा चालिसे
वारला बराल
बझाङ रेगम रेग्मी
सोत सोती
खार खरेल खराल
सुवाडा सुबेडा सुवेदी
वयाना बानिया
बाजुरा जमकट्टी जमरकटेल
छाती छन्त्याल
कुँडी कुड्याल
वेलकाँटे वेलकँटिया
खातिवाडा खाती
बैतडी गाजरी गजुरेल
डोटी डोटेखोला डोटेल
निरौली निरौला
ओझाना ओझा
बोगटान बोगटी
मुडभरा मुडभरी
मुगु खनाया खनाल
कालैगाउँ कल्याल
खत्याड खतिवडा
दैलेख लामाछान्नी लामिछाने
बाँस्कोट बाँस्कोटा
बाँस्तोली बाँस्तोला
सातला सत्याल
लुयाटी लुइँटेल
बस्ताकोट बस्ताकोटी
चापागाउँ चापागाईँ
नेपा नेपाल
रिजु रिजाल
पोखर पोखरेल
लम्सु लम्साल
लम्जी लम्जेल
दह दाहाल
गैह्रा गैर् हे
भूर्ति भूर्तेल
पराजुल पराजुली
कोइराली कोइराला
दवाडा दवाडी
कट्टी कट्टेल
भुषाकोट भुषाल
सुइय सुेल
वड वडाल
मोडासैन मरासैनी
गुरगाउँ गुरागाईँ
कालिकोट खिड्किसैन खिसर्िने
भर्ता भर्ताल
राँचु रुचाल
गेला गेलाल
वाजाडा वाजाडे
बाँझकोट बाँझकोटा
रुकुम सर्पुकोट सापकोट सापकोटा
दाङ रजौरा रजौरिया
माझगाउँ मझगैयाँ

निष्कर्ष

नेपालको प्रामाणिक र लिखित इतिहास लिच्छविकालबाट शुरु हुन्छ । सोही समयदेखि नेपालमा हिजो आज कतिपयले 'भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्म र जात बचाउन' बाह्रौं शताब्दीमा नेपाल प्रवेश गरेका भनेर प्रचार गर्ने गरेका क्षत्री-बाहुनहरु पनि नेपालमा आदिकालदेखि बसोबास गरिआएको तथ्यलाई उक्त लिखित इतिहासले किटानीका साथ पुष्टि गर्दछ ।

अन्त्यमा ती खसहरु अवैदिक आर्य नै थिए र मत पनि ग्रहण गर्थे । त्यसैले तिनीहरु मतवाली क्षत्री कहलाउँथे । पछिबाट यिनीहरु हिन्दूकरण र वर्णव्यवस्थाको परिधिभित्र ल्याइए । जंगबहादुरले एउटा इस्तिहार पनि जारी गरे जसअनुसार कुनै पिन खसले स्वयंलाई खस भन्न नपाउने त्यसको सट्टा क्षत्री भन्नुपर्ने बाध्यात्मक व्यवस्था तोकिएको कुरा बाबुराम आचार्यले 'नेपालको सांस्कृतिक परम्परा' नामक पुस्तकमा उल्लेख गरेका छन् । स्वभावतः यसपछि यिनलाई आफ्नो जातीय पहिचान प्रस्तुत गर्नमा कानुनी अड्चन पैदा भयो किनभने हुकुमी शासनमा जंगबहादुरको आदेश नमान्नेतर्फ कल्पनासम्म गर्न सकिन्नथ्यो ।

अर्कोतर्फ हिन्दूकरणको प्रकि्रयाले गर्दा खसहरुमा आफ्नो पहिचानमा उभिन हीनताबोध हुन थाल्यो । यस तथ्यलाई हामीले आफ्नै युगमा अनुभूत गर् यौं । गाउँघरमा हिजो आज पनि क्षत्रीलाई गाली गर्न पर् यो भने जातबाट खसेको खसेत्रो भन्ने शब्द प्रयोग गरिएको सुनिन्छ । तर वास्तविकता के हो भने खसहरु नेपालका वास्तविक आदिवासी र भूमिपुत्र हुन् जसको नाममात्र होइन जातसमेत भूमिकै नामबाट बनेको छ । त्यसैले सरकारले यस जातिलाई आदिवासीको सूचीमा नराखेर 'अन्य' सम्म भन्न पुग्नु खस जातिप्रतिको बेइमानी त छँदै छ सँगसँगै यो इतिहासको पनि घोर उपेक्षा हो ।

(क्षेत्री आवाजबाट)


जातीय आधारमा राज्य बनाउने हो भने छुट्टै खस राज्य चाहिने भट्टको दावी

काठमाडौ,माघ २२ - बन्द हडताल लगायतका आन्दोलनका कार्यक्रम गरेका समूहसँग वार्ता गरेर जनजीवन सहज बनाउनु पर्नेमा नेपाल सरकारका बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफैले बन्दको घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरको साक्षात्कारमा सेती महाकाली राष्ट्रिय मुक्ती मोर्चाका अध्यक्ष समेत रहेका मन्त्री भट्टले राज्य पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदन प्रति असन्तुष्टि प्रकट गर्दै त्यसका विरुद्ध आगामि माघ २७ गते सुदुर पश्चिम क्षेत्र बन्दको आब्हान गरेका हुन ।

उनले आयोगले बुझाएको प्रतिवेदनमा खप्तड कर्णाली प्रदेश नामाकरण गर्दै सुर्खेतलाई राजधानी सिफारिस गरेकोमा त्यसले सुदुरपश्चिमको भावना समेटन नसक्ने भन्दै त्यसले सेती महाकालीको अस्तित्व र अखण्डता समाप्त पारेर गरिने राज्यपुर्नसंरचना आफूहरुलाई कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।

मन्त्री भट्टले उनले सेती महाकाली र भेरी कर्णालीलाई समेटेर एक प्रदेश बनाउने हो भने त्यसको नाम खस वा खसान प्रदेश हुनु पर्नेमा जोड दिए । उनले साक्षात्कारमा आयोगको प्रतिवेदनले सेति महाकालीको पहिचान, ईतिहास र संस्कृतिलाई बेवास्ता गरेर बनाएको दुई वटै प्रतिवेदन भोली अर्थात माघ २३ गते जलाउने समेत जानकारी दिए । मोर्चाको तर्फबाट घोषित आन्दोलनको कार्यक्रममा माघ २४ गते प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री, सभामुख र संबैधानिक समितिका सभापति लाई ज्ञापन पत्र बुझाउने, केन्द्रमा सभामुख, प्रधानमन्त्री र शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने र माघ २६ गते दिउसो १ बजेदेखि एक घण्टा चक्का जाम र मसाल जुलुस गर्ने लगायतका रहेका छन् ।

उनले जातीय आधारमा राज्यको पुर्नसंरचना गर्ने हो भने नेपालमा विशिष्ट ईतिहास, संस्कृति र पहिचना बोकेको खस जातीको पनि छुट्टै राज्य हुनु पर्ने माग गर्दै सुदुरपश्चिमका खसहरु शासक नभई उत्पीडित रहेको दावी गरे । मन्त्री भट्टले खस जातीलाई अन्य जातीमा राखिएको प्रति असन्तुष्टि प्रकट गर्दै भनेखस जातीलाई अन्यमा राख्ने द्यृष्टता फेरि पनि भए म लड्छु । मेरो लागी मन्त्री पद ठुलो होईन, सुदुर पश्चिमेलीको अधिकारकोलागी म राजिनामा दिएर पनि लडन तयार छु ।


खस जाति सम्बन्धी प्रस्ताव

(नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले पी.वी.को बैठक पश्चात् छलफलको लागि २०६८ भाद्र २७ मा सार्वजनिक गरेको खस जाति सम्बन्धी प्रस्ताव)

(Source: http://www.weeklynepal.com/index.php/2011-08-02-03-02-51/145-weekly/2011-08-09-01-40-49/2011-08-09-01-54-04/1817-2011-09-14-07-14-56)

खस जातिबारे नेपालमा गम्भीर प्रकारको विवाद उठिरहेको छ। प्रथम, खसहरूले लामो समयसम्म नेपालमा शासन गरे। उनीहरूले नेपालमा सामन्ती शोषण, उत्पीडन गर्दै आए र देशका कैयौं जाति, जनजातिहरूका भाषा, संस्कृति, धर्मलाई दवाए र आफ्नो भाषा, संस्कृति, धर्मको एकाधिकार कायम गर्दै आएका छन्। त्यसकारण उनीहरूप्रति देशका विभिन्न जनसमुदायहरूमा व्यापक असन्तोष र विरोधको भावना छ। द्वितीय, निर्वाचन आयोगले देशका सबै क्षेत्री वाहुन, आदिका साथै खसहरूलाई पनि 'अन्य' मा राखेको छ। त्यो व्यवस्थाका विरूद्ध खस क्षेत्रीहरूले आन्दोलन गरिरहेका छन्। उनीहरूले उनीहरूलाई आदिवासी र जनजातिको मान्यता दिन पनि माग गरिरहेका छन्। तृतीय, अहिले देशमा खस भन्नाले खस क्षत्रीहरूलाई लिने धारणा पनि पाइन्छ, जब कि खस भन्नाले ब्राह्मण, ठकुरी, दलितका विभिन्न थरहरू पनि आउँछन्।

ने.क.पा. (मसाल) ले उक्त प्रश्नहरूमा आफ्नो स्थिति स्पष्ट गर्नु आवश्यक ठान्दै निम्नलिखित प्रस्ताव पारित गरेको छ। पार्टीले यसबारे खुला बहस चलाउने निर्णय गरेको छ। पार्टी सदस्यहरूलाई पनि यसबारे खुला प्रकारले यसका पक्षमा वा विपक्षमा आफ्नो मतहरू प्रकट गर्ने अधिकार हुनेछ। त्यस प्रकारको बहसपछि केन्द्रीय समितिको अर्को बैठकले यसबारे अन्तिम निर्णय लिनेछ।

खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो। इतिहास विद्हरूको मत अनुसार खसहरू मूल रूपमा मध्यएशियाका वासिन्दाहरू थिए। उनीहरूको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रूसको आसपासको भूभाग हो। प्राचीन कालमा उनीहरूको वेविलोन, मेसोपोटामिया आदि स्थानहरूमा उपस्थिति रहेको पाइन्छ। वेविलोन, मेसोपोटामिया भनेका वर्तमान इराक, इरानका आसपासका क्षेत्रहरू हुन्। आर्यहरूको एउटा शाखाले पश्चिमबाट सिन्धुघाटी हुँदै गंगा–जमुनाको मैदानमा प्रवेश गर्‍यो। खसहरू उत्तरी पहाडको बाटो पूर्वतिर लागे। उनीहरू मध्यएसियाबाट हिन्दूकुश, काश्मीर, गढवाल, कुमाउँ हुँदै नेपालमा फैलिए। पूर्वमा उनीहरू सिक्किम, भूटान, आसाम, मेघालयसम्म फैलिएका थिए।

आर्यहरूको जुन शाखाले गंगा–जमुनाको समतल क्षेत्रमा प्रवेश गर्‍यो, उनीहरूले वेद र हिन्दू धर्म मान्दथे। उनीहरू इतिहासमा वैदिक आर्यका रूपमा चिनिन्छन्। उत्तरी पहाडको बाटो हुँदै पूर्वतिर लागेका आर्यहरूले वेद वा हिन्दू धर्म मान्दैनथे। उनीहरूलाई खस आर्य भन्न सकिन्छ। पछि खस आर्यहरूको वसोवास भएका उत्तरी पहाडहरूमा पनि वैदिक आर्यहरूको प्रभूत्व बढ्दै गयो र खसहरू माथि पनि उनीहरूले प्रभाव जमाउँदै गए। तर खसहरूले सजिलैसित वैदिक आर्यहरूको प्रभूत्वलाई स्वीकार गरेका थिएनन्। हिन्दू पुराणहरूमा वैदिक आर्य र खस आर्यहरूका बीचमा लगातार युद्धहरू भएका कैयौं विवरणहरू पाइन्छन्।

हिन्दू धर्म शास्त्रहरूले वेद वा हिन्दू धर्मलाई नमान्ने अन्य सबै जातिहरूलाई शुद्र, म्लेच्छ बताउने गर्दथे। त्यस अनुसार मनुस्मृति र अन्य पौराणिक ग्रन्थहरूले हिन्दू धर्म नमान्ने खस, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिलाई पनि म्लेच्छ वा शुद्रको संज्ञा दिए। वास्तवमा वैदिक आर्यहरूले आफ्नो प्रभूत्व कायम गर्न खस सहित अवैदिक आर्यहरूका विरूद्ध लामो र कडा संघर्ष गर्नु परेको थियो।

रामायण, महाभारत सहित पुराणहरूमा त्यसबारे विस्तृत चर्चा गरिएको छ। वायु पुरायणमा कलियुगको अन्तमा कल्किद्वारा खस, शक, पवन, गन्धर्व, कात, पल्लव आदिलाई नष्ट गरिने भविष्यवाणी गरिएको छ। त्यसले हिन्दू र अन्य गैर–हिन्दू जातिहरूका बीचमा लामो समयसम्म अत्यन्त गहिरो र शुत्रतापूर्ण सम्बन्ध भएको कुरा बुझिन्छ, जसमा खस पनि पर्दछन्। अन्तमा खस आर्यहरूले कैयौं जातिहरूले जस्तै आत्मसमर्पण गर्दै र हिन्दू धर्म अपनाएर आफूलाई हिन्दुकरण गर्दै गए। त्यो क्रममा खसहरूले आफूलाई हीन ठान्न थाले र स्वयं आफ्नो जातीय पहिचानलाई पनि स्वयं आफ्नो जाति पहिचानलाई पनि बदलेर कैयौं हिन्दू थर र संस्कारहरू अपनाउँदै गए। त्यस प्रकारको पृष्ठभूमिमा खसहरूको अवैदिक वा हिन्दु धर्म विरोधी पहिचान समाप्त हुँदै गयो।

हिन्दु ग्रन्थहरूमा प्राचीन कालदेखि नै खसहरूको उल्लेख गरिएको पाइन्छ। त्यसअनुसार मुनस्मृति, रामायण, महाभारत, व्रह्मपुराण, हरिवंश पुराण, मार्कण्डेय पुराण, भगवत पुराण, स्कन्द पुराण, भविष्य पुराण, कल्किपुराण, वृहत्संहिता, काश्यपसहिंता, मुद्रा राक्षस, भरतको नाट्य शास्त्र, वौद्ध ग्रन्थहरू, अशोका वदन दित्यावदान, ललित विस्तार, काश्मिरको राजतरंगिणी आदिमा खस जातिको उल्लेख भएको छ। त्यसबाट खस जाति प्राचीन कालदेखिको नै उत्तरी हिमालय, नेपाल र भारतको समेत एउटा प्रसिद्ध जाति भएको कुरामा कुनै शंका रहन्न।

ती सबै कुराहरूमाथि विचार गर्दा इतिहासमा खसहरू स्पष्ट रूपले वैदिक आर्यहरू होइन, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिको समुहमा उभिएको देखिन्छन्। पछि यहाँ उल्लेख गरिएका जातिहरू मध्ये कैयौं जातिहरूको अहिले कतै पृथक अस्तित्व देखिंदेन। उनीहरूको क्रमशः वैदिक आर्यहरूमा नै समावेश हुँदै गएको देखिन्छ। खसहरूको पनि हिन्दूकरण हुँदै गएपछि त्यसको प्रिथक पहिचान कम हुँदै गयो। तैपनि ऐतिहासिक तथ्यहरूका आधारमा खस जाति मूल रूपमा हिन्दू जाति नभएर गैर–हिन्दू जाति भएको कुरामा शंका रहन्न। स्वयं हिन्द शास्त्रहरूले पनि उनीहरूलाई गैर–हिन्दू वा शुद्र, म्लेच्छ जातिका रूपमा नै व्याख्या वा प्रस्तुत गर्दै आएका छन्।

पश्चिम नेपालमा १२ औं शताब्दिदेखि खस राज्यको प्रारम्भ भएको देखिन्छ। तर उनीहरू नेपालमा प्रवेश गर्नेवित्तिकै अवस्य शासकहरू भएका थिएनन्। नेपालमा प्रवेश गरेपछि शासक बन्नका लागि उनीहरूलाई कैयौं शताब्दि लागेको हुन सक्दछ। उनीहरूले सर्वप्रथम कहिले नेपालमा प्रवेश गरे? इतिहासकारहरूले त्यसबारे बेग्लाबेग्लै मतहरू प्रकट गर्दै आएका छन्। कतिपय इतिहासकारहरूले पाँचौं शताब्दिदेखि नेपालमा वसोवास गर्दै आएको बताउँछन् भने कतिपयले ई.पू. २००० वर्ष पहिले नै उनीहरूको नेपालमा आवागमन भएको बताउँछन्। त्यस सिलसिलामा यो मत पनि प्रकट गर्ने गरेको पाइन्छ: प्रागऐतिहासिक कालमा नै दुईवटा मुख्य जातिहरूले नेपालमा प्रवेश गरेका थिए – किरात र खसहरूले। किरातहरूले उत्तर पूर्वमा र खसहरूले नेपालको पश्चिमबाट नेपालमा प्रवेश गरेका थिए। नेपालमा खसहरूले सर्वप्रथम कहिले प्रवेश गरेका थिए? त्यो ऐतिहासिक अध्ययन र अनुसन्धनको विषय हो।

खसमा पहिले वर्णव्यवस्था थिएन। हिन्दूहरूको प्रभावमा आएपछि उनीहरूले पनि वर्णव्यवस्थाको अनुकरण गर्न थाले। उनीहरूमा पनि ब्राह्मण, ठकुरी, क्षेत्री, दलितका रूपमा बाँडिन थाले। निश्चय नै कैयौं शताब्दीहरूको विकासक्रम वा हिन्दूहरूसितको हेलमेलको क्रममा नै उनीहरूले त्यस प्रकारको वर्णव्यवस्थालाई अपनाउँदै गएका थिए। गढवाल, कुमाउँ वा कर्णाली प्रदेशका विभिन्न गाउँहरूका नामहरू अनुसार उनीहरूको थरहरूको नामाकरण हुँदै गयो। हिन्दू धर्मको असरमा परेर खस जातिभन्दा हीन ठानिने भएकाले सत्तामा पुगेपछि वा केही सम्पन्न भएपछि कैयौं मानिसहरूले हिन्दू वर्णाश्रम अनुसार आफ्नो उच्च जाति देखाउन थाले। कतिपय राजाहरूले चितौडका राजपुतहरूसित जोडेर आफ्ना वंशावली तयार पार्न थाले।

आज कैयौं संगठनहरूले खस जातिलाई आदिवासी र जनजातिको मान्यता दिनुपर्दछ भन्ने कुरा पनि उठिरहेको छ। नेपालमा उनीहरू लामो समयसम्म सत्तारूढ भएको तथा उनीहरूको विकासको अवस्था माथि विचार गर्दा उनीहरूलाई जनजाति भन्न मिल्दैन। कुनै जाति जनजाति हो वा होइन? त्यसको निर्धारण गर्न एउटा निश्चित प्रकारको मापदण्ड अपनाउनु पर्दछ। त्यस अनुसार नै देशको कुनै जाति जनजाति भएको वा नभएको छुट्टाउनु पर्दछ।

जहाँसम्म खसहरू आदिवासी हुन् कि होइनन् भन्ने प्रश्न छ, त्यो इतिहासको अध्ययन गरेर टुंगाउने प्रश्न हो। इतिहासको सरसरी अध्ययन गर्दा खस जाति विश्वका प्राचीन जातिहरू मध्येमा एउटा भएको कुरामा कुनै शंका रहन्न। उत्तरी हिमालय र पहाडहरूमा पनि उनीहरूले प्राचीन कालदेखि नै वसोवास गर्दै आएको कुरा देखिन्छ, जसमा नेपालका पहाडि भागहरूपनि सामेल छन्। नेपालका आदिवासीहरू कुन्–कुन् हुन् र तिनीहरूमा खस जाति पर्दछ वा पर्दैन? त्यो कुरा पनि इतिहासको अध्ययन गरेर टुंगाउने कुरा हो र त्यसरी नै त्यसबारे निर्णय गरिनु पर्दछ।

निर्वाचन आयोगले खस जातिलाई 'अन्य' जाति अन्तर्गत राखेको छ। त्यस प्रकारको नीति कुनै तर्क वा न्यायपूर्ण आधारमा निश्चित गरेको देखिन्न। त्यसकारण सम्बन्धित सबै कुराहरूमाथि विचार गर्दै त्यो नीतिबारे पुर्नविचार गर्नुपर्ने आवश्यकता देखिन्छ। समावेशीकरण बारे विचार गर्दा पनि खस जातिको ऐतिहासिक पृष्ठभूमि, देशको ठूलो भूभागमा उनीहरूको वसोवास वा जनसंख्यामाथि विचार गरेर उनीहरूलाई पनि अन्य जाति सरह आवश्यक प्रतिनिधित्व दिनुपर्ने आवश्यकता देखिन्छ र त्यसबारे उनीहरूप्रति गरिने भेदभावलाई सही भन्न सकिन्न।

देशमा भएका विभिन्न जात, जाति वा जनजातिहरूलाई मानव सूचकांकका आधारमा मूल्यांकन गरेर पिछडिएका जात, जाति वा जनजातिहरूलाई विशेष सुविधा र आरक्षण दिने नीति अपनाउनु पर्दछ। तर खस जाति त्यस प्रकारको पिछडिएको श्रेणीमा पर्दैन र त्यसलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाउनु सही हुनेछैन। तर त्यो कारणले खस जाति अन्तर्गतका दलित जातलाई विशेष सुविधा र आरक्षण दिन हुन्न भन्ने होइन। त्यस प्रकारको मानव सूचकांक माथि विचार नगरिकन खालि जातीय आधारमा कुनै जातिलाई विशेष सुविधा वा आरक्षण दिने नीति पनि सही हुँदैन।

मानव सूचकांकका आधारमा पिछडिएका जात वा जातिको एउटा सूची तयार पारिनु पर्दछ र त्यस अनुसार उनीहरूलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाइनु पर्दछ।

को हुन् खस जाति ?

फुर्पा तामाङ -पाठक मञ्च
वैशाख २७ - (Source: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=242377)

Baisakh 27, 2068

डा. विपिन अधिकारीद्वारा लिखित नेपालका खस जातिहरू नामको पुस्तिका भर्खरै पढेर सिध्याएँ । यसको बाहिरी गाता हेर्दैमा खस जाति भनेका बाहुन, क्षत्री, ठकुरी मात्र नभएर कामी, दमाइँ, सार्की, गाइने, वादी पनि रहेछन् भन्ने प्रस्ट हुन्छ । यसमा खस जाति पनि आदिवासी हुन् भन्ने ऐतिहासिक प्रमाण दिएर पुष्टि गर्ने प्रयास गरेको देखिन्छ ।
विभिन्न धार्मिक वेदपुराणहरूमा भएका श्लोकहरूसमेत राखेर नेपाली समाजमा वैदिक र आदिकालमा बौद्ध धर्म रहेको र बिस्तारै हिन्दुकरण भएको उल्लेख छ । नेपालमा धार्मिक रूपमा बौद्ध र हिन्दुधर्मबीच सदैव सौहार्दपूर्ण व्यवहार भएको उल्लेख छ । यसले वर्तमान समयमा केही हिन्दुवादीहरूले भन्दै आएको हिन्दुधर्मबाट नै बौद्ध जन्मिएको वा एउटा हाँगो भनेर गरिएको दाबीलाई ओझेलमा पारिदिएको छ । पुस्तिका राम्रो हुँदाहँुदै पनि बाहुनक्षत्रीहरूले पनि राज्य माग गर्न तथा प्राकृतिक स्रोतसाधनमाथि अग्राधिकार प्राप्तिका लागि गरिएको बठ्याइँ हो भनेर आरोप आउन सक्ने देखिन्छ ।

नेपाली समाज यतिखेर जातीय रूपमा विभाजित स्थितिमा छ । प्रत्येक दलका शीर्ष स्थानमा बाहुनक्षत्री छन् । जातीय राज्य माग्नका लागि योजना बनाउने तिनै हुन् ।

आदिवासी जनजातिलाई बाहुनक्षत्रीले भेदभाव गरेको भन्न सिकाउने पनि तिनै हुन् र अर्कातिर नेतृत्वमा टिकीराख्ने पनि तिनै हुन् ।

यो बहुरूपी राजनीतिक रङले आदिवासी जनजातिलाई तिर्मिराउने काममा विदेशी शक्तिहरू पनि लागिपरेका छन् । त्यस्तो विभाजित अवस्थामा विपिन अधिकारीले समाजलाई सहिष्णु बनाउन गरेको प्रयास सराहनीय छ ।


खस–क्षत्री : पहिचान, भ्रम र यथार्थ

योगेन्द्र थापा
Source: http://blast.com.np/nextpage.php?pg=newsdetail&newsid=3702&catid=3

आज मुलुक २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनले जन्माएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा नयाँ संविधान निर्माणमा व्यस्त छ । यस अवसरमा निर्माणाधीन संविधानले यस मुलुकमा बसोबास गर्ने सबै जातजाति, संस्कृति–सम्प्रदाय, भाषाभाषी तथा धर्मावलम्बीहरुले आ–आप्mना जातीय, सांस्कृतिक, भाषिक तथा धार्मिक मुद्दाहरुलाई सही सम्बोधन गरोस् भन्ने अपेक्षा राख्नु र सोको लागि दवाब सिर्जना गर्न संगठित आवाज बुलन्द गर्नु अस्वाभाविक होइन । विश्वका लोकतान्त्रिक संविधानको अध्ययन गर्ने हो भने तिनले यस्ता मुद्दाहरुलाई यथेस्ट प्राथमिकता प्रदान गरेको देख्न सकिन्छ, नेपालमात्र यसको अपवाद हुन सक्दैन ।

सहभागिता, समन्यायिकता र समावेशीता जनआन्दोलनले प्रदान गरेको संविधान निर्माणका आधारभूमि हुन्, जसको उपेक्षाले आन्दोलनबाट निःसृत जनादेशको अवमूल्यन हुनेछ र यसको खबरदारी गर्नु सबैको दायित्व हुनु पर्दछ । अन्तरिम संविधानले नेपालका जातजातिहरुको वर्गीकरण गर्दा कुल जनसंख्याको १७.२७ प्रतिशत हिस्सा ओगटेको ‘खस क्षत्री’ जातीय समुदायलाई ‘अन्य’ समूहमा राखेर मुलुकको सबैभन्दा ठूलो समुदायको जातीय पहिचानलाई अवज्ञा गरी राज्य सञ्चालनका विभिन्न क्षेत्रमा समावेशी हुन पाउने नैसर्गिक अधिकारबाट वञ्चित गराउन खोजेको छ । इतिहासका विभिन्न कालखण्डमा नेपालको राष्ट्र निर्माण, राष्ट्रिय गौरवको सम्बद्र्धन र संरक्षणका लागि आप्mनो जीवन उत्सर्ग गर्दै आएको यस जातिलाई जबर्जस्ती क्षेत्री–बाहुन भनेर नियोजितरुपमा एउटै जातीय समुदाय बनाई स्वतन्त्र पहिचान नै निमिट्यान्न पार्न खोज्नु न्यायोचित होइन । कतिपय अवस्थामा विशेष गरी खस–क्षत्रीहरुलाई राज्य सञ्चालनमा लामो समयदेखि हालिमुहाली गर्दै आएको शोषक वर्ग भनी भ्रामक लाञ्छनाहरु लगाइँदै रहेको सम्बन्धमा आप्mनो जातीय समुदायप्रति राज्यले समेत दोस्रो दर्जाको नागरिक बनाई पाखा लगाउने प्रयासका विरुद्ध खस–क्षत्रीहरु मुलुकभर संगठित भई पहिचान, पहँुच तथा हक–अधिकारका लागि आवाज उठाउँदै आएको यथार्थ अवगत भएकै कुरा हो ।

यताका दिनहरुमा नेपाली सञ्चार माध्यमहरुमा ‘खस’ जातिका बारेमा विभिन्न खालका आलेखहरु प्रकाशित भएका र त्यसबाट खस जातिका सम्बन्धमा विभिन्न प्रकारका भ्रमको सिर्जना गरेको पाइएकाले वास्तवमा खस जातिको यथार्थबारे थोरै प्रकाश पार्नु यस आलेखको उद्देश्य हो ।

मानव सभ्यताको विकासक्रमलाई नियालेर हेर्दा संसारमा मूलतः नेग्रो (द्रविड), मंगोल र ककेसस गरी तीन प्रकारका जाति (च्बअभ) को अस्तित्व रहेको पाइन्छ । तीमध्ये खस ककेसियन च्बअभ भित्र पर्दछ । ई.पू. ३००० वर्ष पुरानो मेसोपोटामियाको सभ्यतामा कुनै न कुनै रूपमा उल्लेख भएको ‘कस’ जातिलाई नै कालान्तरमा ककेसस, खखेसस वा हेक्का खासे हुँदै खस जाति भनेर चिन्न थालिएको अनुमान छ (प्रा.डा. बालकृष्ण पोखरेल, खस जातिको इतिहास) युरोप र एसियाको सन्धिस्थलमा अवस्थित ककेसस् पर्वतमालालाई खस जातिको उद्गम थलोको रूपमा लिइने गरेको पाइन्छ । ९व्बmभक ऋचयधभिक एचष्अजबचमस च्भकभबचअजभक ष्लतय तजभ एजथकष्अब िज्ष्कतयचथ या ःबलपष्लमस ज्ञडद्धद्ध० । कालान्तरमा यो जाति रेशममार्गबाट इरान हँुदै दक्षिणपूर्व बसाइँ सर्ने क्रम सुरू भयो । बसाइँ सराइको सदियौं लामो यात्रा क्रममा यो जाति पश्चिम चीनको तरिम उपत्यकामा समेत पुगेर बसोबास थालेको त्यहाँ भेटिएका प्राचीन मानव अवशेषको डीएनए परीक्षणबाट पुष्टि भइसकेको छ । ९ःबिियचथ ७ ख्ष्अतयचस त्जभ त्बचष्m ःगmmष्भकस् ब्लअष्भलत ऋजष्लब बलम तजभ ःथकतचथ या तजभ भ्बचष्भिकत एभयउभि ाचयm तजभ ध्भकत स ग्लष्तभम प्ष्लनमयmस द्दण्ण्ड० । तरिम उपत्यका आधुनिक चीनको सिन्जियाङमा पर्दछ । यस उपत्यकामा खस जातिले कसगर (खस) राज्यको स्थापना गरेका थिए । यहाँबाट भोट क्षेत्र हँुदै खस जाति कुमाउ गढवालका पहाडी क्षेत्रबाट पश्चिमी नेपाल छिरेको अनुमान गरिएको छ । (डा विपीन अधिकारी, नेपालका खस जाति, २०६८ ।

नेपालमा खस जातिको बसोबास कहिलेदेखि सुरू भयो भन्ने यकिन तिथि मिति भेटिँदैन । रिचार्ड वाल्डाउफको भनाइमा इ.पू. २००० भन्दा पहिले नै नेपालमा हिमाली क्षेत्रमा किरात र खस दुईवटा सांस्कृतिक समुदायको उपस्थिति भइसकेको थियो । वरिष्ठ समाजशास्त्री डोरबहादुर विष्ट एवं डा. हर्क गुरूङको विचारमा भोट बर्मेली भाषा बोल्ने मंगोल अनुहारका किरातहरू उत्तर–पूर्वबाट र भारोपेली भाषा बोेल्ने आर्यन अनुहारका खसहरू उत्तर–पश्चिमबाट नेपाल प्रवेश गरेका हुन् । सुरूमा जातपातमा विभक्त नभएको खस समुदाय शैव धर्म र धामीझाँक्री परम्पराको अवलम्बन गथ्र्यो । ९च्ष्अजबचम द्य। द्यबमिबगा, व्च ७ च्यदभचत द्य। प्बउबिलस ीबलनगबनभ एबिललष्लन ष्ल ल्भउब,ि त्बष्धबल बलम क्धभमभलस द्दण्ण्ण्० ।

किरात र खसमध्ये कसले नेपाल पहिला प्रवेश गरेका हुन् भन्नेबारेमा भने यकिन नभए पनि मानव तथा समाजशास्त्री डोरबहादुर विष्टका अनुसार इ.पू. प्रथम सहस्राब्दीतिरै काठमाडौं उपत्यकामा ‘नेप’ समूहका गोपालवंशीहरूले प्रथम राज्य गरेका थिए र यी नेप जाति नै खस जाति हुन्, त्यसपछि मात्र किरात र लिच्छवीहरूले काठमाडौंमा राज्य गरेका हुन् । ९ँबतबष्किm ७ म्भखभयिऊभलत, द्दण्ण्ज्ञ० । यी दुवै जाति हिन्दू तथा बौद्ध धर्मको उत्पत्तिभन्दा पहिले नै नेपालको हिमाली क्षेत्रमा छिरिसकेका थिए भन्ने कुरा वैदिक साहित्यमा खस तथा किरात जातिहरूको उल्लेख भएबाट अनुमान लगाउन सकिन्छ ।

भारत वर्षमा हिन्दू सभ्यताको विकास उत्कर्षमा पुगेको अवस्थामा वर्णाश्रममा विभाजित हिन्दू सामाजिक व्यवस्थाको प्रभावबाट खस जाति अछुतो रहन सकेन । खास गरी सोह्रौं शताब्दीताका नेपालमा बाईसी–चौबीसी राजाहरूले आपूmलाई खस भनेर चिनाउँदा हिन्दुस्तानका शासकहरूको तुलनामा तल्लो (खसेको) जातका रूपमा बुझ्न र हीनताबोध गर्न थालेपछि क्रमशः हिन्दू सामाजिक व्यवस्थाको अनुकरण गरी आपूmलाई उच्च जातका राजपुत अथवा ठकुरी भएको घोषणा गर्न थाले, साथै आपूm हिन्दू राजवंशसँगै आबद्ध भएको देखाउन वंशावली लेखाउन थाले । गोर्खाका राजा राम शाहले वंशावली लेखाई आपूmलाई मेवाडको राजपुत वंशसँग आबद्ध भएको देखाएका छन् । ९द्यचष्बल ज्। ज्यमकयलस भ्ककबथक यल तजभ ीबलनगबनभक, ीष्तभचबतगचभ बललम च्भष्निष्यल या ल्भउब िबलम त्ष्दभतस ज्ञडद्दड, ज्ञडठद्ध० । यसै क्रममा मौलिकरूपले जातीय विभाजन नभएको खस समुदाय सानो–ठूलो, तल्लो–माथ्लो वा छुत–अछुत जातिमा विभक्त हुन पुग्यो । परिणामस्वरूप खस जातिका मौलिक परम्परा खसेतर हिन्दू परम्परा हुन थाले । पुजारी राख्ने परम्परा नभएको, धामीझाँक्री परम्पराबाट प्राग्वैदिक मस्ट देवताको पूजा गर्ने खसहरूले आफ्ना मठमन्दिरहरूमा क्रमशः हिन्दू देवताका मूर्ति स्थापना गरी हिन्दू ब्राह्मणलाई पुजारी राखेर पूजा–अर्चना गर्ने परम्पराको थालनी हुन गयो ।

खस जातिले पहाडको बाटो भएर नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बसोबास थालेका हुनाले यिनको उपस्थिति गंगा, ब्रह्मपुत्रलगायत् दक्षिणका मैदानी फाँटमा देखिँदैन । जुन समयमा यो जाति नेपालका हिमाली–पहाडी क्षेत्रमा स्थापित भइसकेको थियो, सो समयसम्म दक्षिणका मैदानी फाँटमा सिन्ध घाँटीको सभ्यता आइपुगेकै थिएन । ९व्बmभक ऋचयधभिक एचष्लअजबचमस च्भकभबअजभक ष्लतय तजभ उजथकष्अब िज्ष्कतयचथ या mबलपष्लमस ज्ञडद्धद्ध० । दक्षिणमा मैदानी फाँटसँग खसहरूको सम्पर्क हुन थालेको धेरै पछि खस शासकहरूले आपूmलाई उच्चजातीय हिन्दू क्षत्री, राजपुत वा ठकुरी घोषित गर्न थालेपछि मात्र हो (डा.विपिन, २०६८) ।

कतिपय लेखकहरूले भारत वर्षमा मुसलमानहरूको आक्रमण भएपछि आफ्नो धर्मरक्षाका खातिर खस–क्षत्रीहरू दक्षिणका मैदानी फाँटबाट नेपालका हिमाली–पहाडी क्षेत्रमा बसाइँ सरेको उल्लेख गरेका छन् तर इतिहासले भारतबाट नेपालमा कुनै जाति विशेषको सामूहिक बसाइँ सराइ भएको पुष्टि गर्दैन । रिचार्ड बी बाल्डाउफले बाह्रौं र तेह्रौं शताब्दीमा भारत वर्षमा मुसलमानहरूको आक्रमण भएपछि ठूलो संख्यामा उच्चजातीय हिन्दूहरूको जमात् नेपाल छिरेको र तिनले नेपालका साबिक बासिन्दालाई विस्थापित गरेको उल्लेख गरेका छन् तर नेपालमा बसाइँ सरेर आउने कुनै जातीय समूहले त्यसरी साबिकका बासिन्दालाई लखेटेका ऐतिहासिक प्रमाण कहीँ कतै फेला परेको छैन । उनको यो भनाइ केही हदसम्म नेपालको तराई क्षेत्रका हिन्दू राजपुत तथा ब्राह्मण जातिका सम्बन्धमा भने लागू हुन सक्छ । भारत वर्षमा मुसलमानहरूको प्रवेश सन् ७१५ मा मोहम्मद कासिमको नेतृत्वमा आएको अरबी फौजले सिन्धुमा आधिपत्य कायम गरेपछि मात्र भएको हो जबकि रिचार्ड बाल्डउफकै भनाइमा इ.पू. २००० वर्षभन्दा पहिले नै खसहरू नेपालको उत्तरी क्षेत्रमा स्थापित भइसकेका थिए (डा. विपिन, २०६८) ।

नेपालमा खस र किरात जातिको प्रवेश लगभग एउटै कालखण्ड अर्थात् इ.पू. २००० वर्षभन्दा पहिले नै भएको प्रसंग आइसकेको छ । यहाँ मननयोग्य कुरा के छ भने इ.पू. २००० वर्षभन्दा पहिलादेखि मुलुकको करिब सबै भौगोलिक क्षेत्रमा जनसंख्याको सबैभन्दा ठूलो हिस्सा ओगटेर बसोबास गर्ने खस जाति के आधारमा अन्य भए बुझिनसक्नु छ । जुन जाति कूल जनसंख्याको ५० प्रतिशत निरपेक्ष गरिबीको रेखमुनि र ४० प्रतिशत निरक्षर छ, त्यो जातिलाई प्राविधिकरूपले हिन्दू वर्णाश्रमको आवरण भिराएर उच्च जातिको, शोषक, सामन्ती एवं राज्यसत्तामा हालिमुहाली भएको भनी लाञ्छित गर्नुमा कसको के अभिष्ट छ, त्यो पनि बुझ्न गाह्रो छ । वास्तवमा शोषक सामन्ती भनेको कुनै जाति विशेष नभएर मानवीय प्रवृत्ति हो भन्ने यथार्थलाई बुझेर पनि बुझ पचाउनु झन् आश्चर्यजनक छ । देशको सबैभन्दा ठूलो खस क्षत्री जातीय समुदायलाई राज्यले ‘अन्य’ समूहमा वर्गीकरण गरेर पूर्ण समानुपातिकताको दायराभन्दा बाहिर राखी आदिवासीय पहिचान तथा पहुँचबाट वञ्चित गराउन खोजिरहेको आजको अवस्थामा आफ्ना जातीय तथा संस्कृतिजन्य हक–अधिकारको संरक्षणका लागि तथा अनावश्यकरूपले पैmलाइएका भ्रमहरू चिर्नका लागि समेत सबै खस–क्षत्रीहरूले एकताबद्ध हुनु आवश्यक भइसकेको छ ।

समाचार प्रकाशित मिती : Tuesday, 8 November, 2011 (लेखक)

Tuesday, February 14, 2012

आफ्नै इतिहास

Source: http://www.himalkhabar.com/news.php?id=4805
नेपालका खस जाति
लेखकः डा. विपिन अधिकारी प्रकाशकः नेपाल कन्सल्टिङ लयर्स ईन्क
मूल्यः रु.५०,
पृष्ठः १०६+१०

खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर शासक हुन पुग्यो? आदि प्रश्नहरूको उत्तर छ, यो पुस्तिकामा।

आधुनिक नेपाल निर्माण र सञ्चालनमा खसहरूको अतुलनीय योगदान छ। शासक जातिको रूपमा यो ऐतिहासिक दायित्व वहन गर्ने प्रक्रियामा खसहरूबाट भए/गरेका कमि-कमजोरीका कारण आफूहरू राष्ट्रको मूलधारबाट बाहिरिन पुगेका आवाज पनि उत्तिकै प्रबल छन्, आजको नेपालमा। यस क्रममा एकातिर कतिपय जातीय, क्षेत्रीय पीडितहरूको बोलीमा उग्र साम्प्रदायिकता झ्ल्कन थालेका छन् भने अर्कोतिर गणतन्त्र र धर्मनिरपेक्षताबाट आफूहरूको अस्तित्वमाथि नै आक्रमण थालिएको वर्चस्ववादी प्रचारबाजीले पनि आकार लिँदैछ। राष्ट्रले यसरी इतिहासको महासङ्क्रमण सामना गरिरहेका बेला कानुनमा विद्यावारिधि विपिन अधिकारीले नेपालका खस जाति (क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्न्यासी, वादी, दमाई र गाइने) नामको कृति ल्याएका छन्।

खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट र कस्तो ऐतिहासिक प्रक्रियाले यो भूमिमा आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर बौद्ध प्रभाव स्वीकार्दै हिन्दु शासक हुन पुग्यो र नेपालको इतिहासमा कस्तो दायित्व पूरा गर्‍यो? आदि प्रश्नहरूको विहङ्गम उत्तर भएको छ, गोजी आकारको यो पुस्तिका। प्राग्वैदिक कालदेखिको समय समेटेको यो पुस्तिकाले इतिहासलाई एउटा चाखलाग्दो दृष्टिकोणबाट अध्ययन गर्न/बुझन उत्प्रेरित गरेको छ। मूलतः खसहरूको सहज गौरवीकरण र प्राचीनता पुष्टि गर्ने यो पुस्तिकाका अनुसार, नेपालका खस जातिको अतीत एसिया र युरोपको बीचमा अवस्थित ककेसस् पर्वतमालासँग जोडिएको छ। राजनीतिक-सांस्कृतिक द्वन्द्वबाट अस्थिर प्राचीन ककेसियामा सभ्यताले आकार नलिँदै ककेसियनहरू पूर्व-दक्षिण बसाइँ सर्न थाले। त्यस क्रममा सताब्दीयौँको अन्तरालमा हिमवतखण्ड नेपाल आई बसेका आदीककेसियनहरू नै आजका खस हुन्। डा. अधिकारी लेख्छन्, “त्यसैले खस र किरातलाई प्राग्वैदिक जाति भनिन्छ।”

अधिकारीले खसहरू मुगल आक्रमणबाट जोगिन नेपाल पसेको भन्ने मतको कडा खण्डन गरेका छन्। बरु आफूलाई सभ्य वैदिक हिन्दु देखाउन खसमध्येकै ठालुहरूले यो तर्क अघि सारेको उनको विश्लेषण छ। पश्चिम चीन र भोटमा सदियौं व्यतीत गरेर खसहरू नेपाल पसेको केही सहस्राब्दीपछि मात्र गङ्गाको मैदानमा आर्य (इण्डो-गङ्गेटिक) सभ्यताको विकास भएको र त्यो हिन्दु सभ्यतासँग केही शताब्दी अघि मात्र खसहरूको हिमचिम भएको पुस्तिका बताउँछ। इसापूर्व २५०० वर्ष अघि नेपालमा देखिएका गाईगोठालाहरू खसहरू नै भएको ठोकुवा गरेका लेखकले खसहरूका कुलदेवता मष्टलाई वैदिक सभ्यता भन्दा अघिका देव भनेका छन्। पश्चिम भोटमा रहँदै बौद्ध धर्मसँग खसहरूको संसर्ग भएको र पछि नेपालमा दक्षिणबाट आएको अर्को बौद्ध लहरले यो प्रभावलाई झ्नै गहिरो बनाएको उनको विश्लेषण छ। यो क्रममा खसहरूले आफ्नो संस्कार अरूमा सारे अनि अरूका पनि आत्मसात् गरे। पछि हिन्दु प्रभाव ग्रहण गर्दा खस शासकहरूले दक्षिणका पण्डितहरूबाट शिक्षादीक्षा लिने, तिनैलाई गुरुपुरोहित राख्ने र आफूलाई भारतका राजवंशहरूसँग जोड्नेदेखि हिन्दु जातीय व्यवस्था अपनाउनेसम्म गरे। यसरी आधुनिकतातर्फ लाग्दा खसहरूले विशाल हिन्दु धार्मिक सम्पदा प्राप्त गरेको उल्लेख गर्दै डा. अधिकारी लेख्छन्, “यसबाट खसहरूको आदि सांस्कृतिक पहिचान भने लगभग समाप्त हुन पुग्यो।”

लेखकले नेपाल निर्माणमा पुर्‍याएको योगदानको आलोकमा खस जातिको भविष्यबारे चिन्ता समेत प्रकट गरेका छन्। विशाल खस मण्डल र बाईसे/चौबिसे राज्य विघटन पछि खस शासकहरू गुरुङ-मगरलाई साथ लिएर नेपालको राजनीतिक एकीकरणमा लागेका देखिन्छन्। त्यस क्रममा उनीहरूले धार्मिक-सांस्कृतिक दमनको मूल्यमा विजित भूभागहरूको कतिपय थितिलाई धेरै हदसम्म स्वीकारेको तथ्य इतिहासका अन्य स्रोतहरूमा यत्रतत्र पाइन्छन्। जङ्गबहादुरको मुलुकी ऐन नेपाली परम्परा अनुकूल नहुँदा खसहरूलाई खस भन्न पनि लाजमर्नु अवस्था सिर्जना भएको उल्लेख गरेका लेखकले महेन्द्रको संविधानले नेपाली समाजको मिश्रित प्रकृतिमाथि पुर्‍याएको क्षतिबारे पनि चर्चा गरेको भए खसहरूको योगदानमा निर्मित मुलुकको एउटा प्रमुख जातिको इतिहास अझ् धवल हुनेथियो। किनभने, आजको जातीय, क्षेत्रीय र धार्मिक असन्तुष्टि मात्र हैन आफूहरूको अस्तित्वमाथि नै धावा बोलिएको डरको बीउ जङ्गबहादुरकालमा भन्दा बढी महेन्द्रकालमा रोपिएको थियो।

आनन्द राई




Sunday, February 5, 2012

नेपालका खस जाति

तरुण राष्ट्रिय साप्ताहिक
२०६८ माघ १६ गते सोमबार

डा. विपिन अधिकारी संवैधानिक कानुनबारे गहन अभिरुचि राख्ने विद्वानको रुपमा परिचित नाम हो लोकतान्त्रिक परिपाटी अंगाल्ने देशका संविधानमा के कस्ता प्रावधान हुन्छन् र हुनुपर्छ, यसबारे डा. अधिकारीका मन्तव्य बराबर समाचार माध्यममा आइरहेका हुन्छन् । खरो विचार र तार्किक प्रस्तुति उहााको चिनारी हुन् ।

तर 'नेपालका खस जाति' नाम हालै प्रकाशित सानो पुस्तक -गोजिका) भने संविधान निर्माणसित सोझो सरोकार राख्ने कृति होइन । तर संघीय संरचनाको वकालत गर्नेहरुले जातिपातिका कुराहरु उठाएर एउटा खस समुदायलाई मात्र आदिवासी, जनजाति इत्यादि भन्ने गरेको सन्दर्भमा भने यो कृति समसामयिक चासोको विषय हुन पुग्दछ ।
ऐतिहासिक तथ्य र आधार प्रमाणसहित खस जाति पनि 'आदिवासी जाति हो' भन्ने निष्कर्ष निकालिएको छ ।

फिरन्ते अवस्थादेखि नै यस जातिले नेपाल एवम् बृहत् हिमवत्खण्डलाई आफ्नो थलो कायम गरेको देखिन्छ भन्ने निचोड निकाल्न लेखकले स्वदेश र विदेशका इतिासकार तथा लेखकका कथन रउदाहरणहरु दिनुभएको छ । प|mयान्सिस हृ्यामिल्टन यस सन्दभका एक विदेशी लेखक हुन् भने तुलसीराम वैद्य, शंकरलाला जोशी स्वदेशका परिचित विद्वानहरुमा पर्दछन् । अनेकानेक अध्ययन, अन्वेषणले पुष्टि गरेका कुराहरु यस गोजिकामा परेका छन् ।

सानो पुस्तकले ठूलो सन्देश दिन सक्दोरहेछ भन्ने कुराको प्रमाण यो विवेच्य गोचिका हो । खस जातिमा पर्ने, क्षेत्री, बाहुन, कामी, ठकुरी , सार्की, सन्यासी, दमाई, घर्ती, गाइने इत्यादि सबैले आफ्नो चिनारीको जरोकिलो ठम्याउन यो एक सय रुपैयाामा पाइने पुस्तक पढ्नु आवश्यक छ ।

अनि हजारौं वर्षको इतिहास भएका खसहरुलाई 'अन्य' मा खुम्च्याउने दुस्साहस गर्नेहरुले वास्तविकता ठम्याउन यस कृतिका पृष्ठहरु छिचोल्नै पर्ने हुन्छ । हत्केलाले सूर्यलाई छेक्न सकिादैन भन्ने लोकोक्तिलाई मनन गर्नेपर्छ ।

खस जातिले जान्नैपर्ने कुरा

अन्नपूर्ण पोष्ट, बिहीबार १२ माघ २०६८

विराटनगरः नेपालमा खस जाति भन्नाले मूलतः बाहुन, क्षत्री, कामी, दमाई, सार्की, ठकुरी, सन्यासी, वादी, गाइने, घर्ती जातका समुदायलाई बुझिन्छ । उत्पत्ति र स्थानका विषयलाई लिएर नेपालका खस जातिहरुका विषयमा निकै चर्चापरिचर्चा हुने गरेको पाइन्छ । तर, खस जातिको वास्तविकता जान्ने र त्यस विषयमा जानकारी राख्ने मान्छे निकै थोरै भएको कुरालाई नकार्न सकिादैन । संवैधानिक कानुनका ज्ञाता डा. विपिन अधिकारीले 'नेपालका खस जाति' नामको गोजिका सार्वजनिक गरेका छन् ।

विराटनगर स्थित नयाा नेपाल रिसर्च सेन्टरले प्रकाशन गरेको यो गोजिकामा खस जातिको उत्पत्ति र बसोबासका विषयमा गहन जानकारी दिइएको छ । यो गोजिकाले नेपालका खस जातिलाई जान्न र आफ्नो पहिचानका विषयमा बुझ्न महत्वपूर्ण आधार तयार गरिदिएको छ ।

खस जातिका प्रभावशाली व्यक्तित्वहरुले समेत आफ्नो पहिचानको विषयलाई महत्व नदिइरहेको वर्तमान अवस्थामा यस गोजिकामा प्रस्ततु सामाग्रीहरुले खस जातिको पहिचान र महत्वलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ । हिन्दू तथा बौद्ध धर्मको उत्पत्ति हुनुअघि नै हिमवत् खण्डमा बसोबास गर्दै आएका किरात र खस जातिलाई यस क्षेत्रका प्राग्वैदिक जाति भनिन्छ । वैदिक इतिहासमा खस जाति हिमाली भेग वा हिमवत् खण्डका जातिहरुमध्ये अग्रपंक्तिमा रहेको गोजिकामा उल्लेख छ ।

संवैधानिक कानुनका ज्ञाता डा. अधिकारीले तयार पारेको यो गोजिकाले खस जातिको विगत र वर्तमान अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ । गोजिकाको बिक्रीबाट आएको आम्दानी नयाा नेपाल रिसर्च सेन्टरले सञ्चालन गर्दै आएको शैक्षिक तथा सामाजिक कार्यमा खर्च गर्ने सेन्टरका अध्यक्ष विजय मिश्रको भनाइ छ ।

गोजिकामा खस जातिको पहिचानका विषयमा तयार पारिएका ६ वटा परिच्छेद रहेका छन् । खस जातिका विषयमा गहिरो अध्ययन नभए पनि यो गोजिकाले यस जातिको पहिचान र उत्पत्तिका विषयमा जानकारी लिन चाहने सबैका लागि महत्वपूर्ण साधनका रुपमा काम गर्ने कुरालाई नकार्न सकिादैन ।