Monday, February 20, 2012

को हुन् खस जाति ?

फुर्पा तामाङ -पाठक मञ्च
वैशाख २७ - (Source: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=242377)

Baisakh 27, 2068

डा. विपिन अधिकारीद्वारा लिखित नेपालका खस जातिहरू नामको पुस्तिका भर्खरै पढेर सिध्याएँ । यसको बाहिरी गाता हेर्दैमा खस जाति भनेका बाहुन, क्षत्री, ठकुरी मात्र नभएर कामी, दमाइँ, सार्की, गाइने, वादी पनि रहेछन् भन्ने प्रस्ट हुन्छ । यसमा खस जाति पनि आदिवासी हुन् भन्ने ऐतिहासिक प्रमाण दिएर पुष्टि गर्ने प्रयास गरेको देखिन्छ ।
विभिन्न धार्मिक वेदपुराणहरूमा भएका श्लोकहरूसमेत राखेर नेपाली समाजमा वैदिक र आदिकालमा बौद्ध धर्म रहेको र बिस्तारै हिन्दुकरण भएको उल्लेख छ । नेपालमा धार्मिक रूपमा बौद्ध र हिन्दुधर्मबीच सदैव सौहार्दपूर्ण व्यवहार भएको उल्लेख छ । यसले वर्तमान समयमा केही हिन्दुवादीहरूले भन्दै आएको हिन्दुधर्मबाट नै बौद्ध जन्मिएको वा एउटा हाँगो भनेर गरिएको दाबीलाई ओझेलमा पारिदिएको छ । पुस्तिका राम्रो हुँदाहँुदै पनि बाहुनक्षत्रीहरूले पनि राज्य माग गर्न तथा प्राकृतिक स्रोतसाधनमाथि अग्राधिकार प्राप्तिका लागि गरिएको बठ्याइँ हो भनेर आरोप आउन सक्ने देखिन्छ ।

नेपाली समाज यतिखेर जातीय रूपमा विभाजित स्थितिमा छ । प्रत्येक दलका शीर्ष स्थानमा बाहुनक्षत्री छन् । जातीय राज्य माग्नका लागि योजना बनाउने तिनै हुन् ।

आदिवासी जनजातिलाई बाहुनक्षत्रीले भेदभाव गरेको भन्न सिकाउने पनि तिनै हुन् र अर्कातिर नेतृत्वमा टिकीराख्ने पनि तिनै हुन् ।

यो बहुरूपी राजनीतिक रङले आदिवासी जनजातिलाई तिर्मिराउने काममा विदेशी शक्तिहरू पनि लागिपरेका छन् । त्यस्तो विभाजित अवस्थामा विपिन अधिकारीले समाजलाई सहिष्णु बनाउन गरेको प्रयास सराहनीय छ ।


No comments:

Post a Comment