Sunday, February 5, 2012

नेपालका खस जाति

तरुण राष्ट्रिय साप्ताहिक
२०६८ माघ १६ गते सोमबार

डा. विपिन अधिकारी संवैधानिक कानुनबारे गहन अभिरुचि राख्ने विद्वानको रुपमा परिचित नाम हो लोकतान्त्रिक परिपाटी अंगाल्ने देशका संविधानमा के कस्ता प्रावधान हुन्छन् र हुनुपर्छ, यसबारे डा. अधिकारीका मन्तव्य बराबर समाचार माध्यममा आइरहेका हुन्छन् । खरो विचार र तार्किक प्रस्तुति उहााको चिनारी हुन् ।

तर 'नेपालका खस जाति' नाम हालै प्रकाशित सानो पुस्तक -गोजिका) भने संविधान निर्माणसित सोझो सरोकार राख्ने कृति होइन । तर संघीय संरचनाको वकालत गर्नेहरुले जातिपातिका कुराहरु उठाएर एउटा खस समुदायलाई मात्र आदिवासी, जनजाति इत्यादि भन्ने गरेको सन्दर्भमा भने यो कृति समसामयिक चासोको विषय हुन पुग्दछ ।
ऐतिहासिक तथ्य र आधार प्रमाणसहित खस जाति पनि 'आदिवासी जाति हो' भन्ने निष्कर्ष निकालिएको छ ।

फिरन्ते अवस्थादेखि नै यस जातिले नेपाल एवम् बृहत् हिमवत्खण्डलाई आफ्नो थलो कायम गरेको देखिन्छ भन्ने निचोड निकाल्न लेखकले स्वदेश र विदेशका इतिासकार तथा लेखकका कथन रउदाहरणहरु दिनुभएको छ । प|mयान्सिस हृ्यामिल्टन यस सन्दभका एक विदेशी लेखक हुन् भने तुलसीराम वैद्य, शंकरलाला जोशी स्वदेशका परिचित विद्वानहरुमा पर्दछन् । अनेकानेक अध्ययन, अन्वेषणले पुष्टि गरेका कुराहरु यस गोजिकामा परेका छन् ।

सानो पुस्तकले ठूलो सन्देश दिन सक्दोरहेछ भन्ने कुराको प्रमाण यो विवेच्य गोचिका हो । खस जातिमा पर्ने, क्षेत्री, बाहुन, कामी, ठकुरी , सार्की, सन्यासी, दमाई, घर्ती, गाइने इत्यादि सबैले आफ्नो चिनारीको जरोकिलो ठम्याउन यो एक सय रुपैयाामा पाइने पुस्तक पढ्नु आवश्यक छ ।

अनि हजारौं वर्षको इतिहास भएका खसहरुलाई 'अन्य' मा खुम्च्याउने दुस्साहस गर्नेहरुले वास्तविकता ठम्याउन यस कृतिका पृष्ठहरु छिचोल्नै पर्ने हुन्छ । हत्केलाले सूर्यलाई छेक्न सकिादैन भन्ने लोकोक्तिलाई मनन गर्नेपर्छ ।

No comments:

Post a Comment