Sunday, February 5, 2012

खस जातिले जान्नैपर्ने कुरा

अन्नपूर्ण पोष्ट, बिहीबार १२ माघ २०६८

विराटनगरः नेपालमा खस जाति भन्नाले मूलतः बाहुन, क्षत्री, कामी, दमाई, सार्की, ठकुरी, सन्यासी, वादी, गाइने, घर्ती जातका समुदायलाई बुझिन्छ । उत्पत्ति र स्थानका विषयलाई लिएर नेपालका खस जातिहरुका विषयमा निकै चर्चापरिचर्चा हुने गरेको पाइन्छ । तर, खस जातिको वास्तविकता जान्ने र त्यस विषयमा जानकारी राख्ने मान्छे निकै थोरै भएको कुरालाई नकार्न सकिादैन । संवैधानिक कानुनका ज्ञाता डा. विपिन अधिकारीले 'नेपालका खस जाति' नामको गोजिका सार्वजनिक गरेका छन् ।

विराटनगर स्थित नयाा नेपाल रिसर्च सेन्टरले प्रकाशन गरेको यो गोजिकामा खस जातिको उत्पत्ति र बसोबासका विषयमा गहन जानकारी दिइएको छ । यो गोजिकाले नेपालका खस जातिलाई जान्न र आफ्नो पहिचानका विषयमा बुझ्न महत्वपूर्ण आधार तयार गरिदिएको छ ।

खस जातिका प्रभावशाली व्यक्तित्वहरुले समेत आफ्नो पहिचानको विषयलाई महत्व नदिइरहेको वर्तमान अवस्थामा यस गोजिकामा प्रस्ततु सामाग्रीहरुले खस जातिको पहिचान र महत्वलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ । हिन्दू तथा बौद्ध धर्मको उत्पत्ति हुनुअघि नै हिमवत् खण्डमा बसोबास गर्दै आएका किरात र खस जातिलाई यस क्षेत्रका प्राग्वैदिक जाति भनिन्छ । वैदिक इतिहासमा खस जाति हिमाली भेग वा हिमवत् खण्डका जातिहरुमध्ये अग्रपंक्तिमा रहेको गोजिकामा उल्लेख छ ।

संवैधानिक कानुनका ज्ञाता डा. अधिकारीले तयार पारेको यो गोजिकाले खस जातिको विगत र वर्तमान अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ । गोजिकाको बिक्रीबाट आएको आम्दानी नयाा नेपाल रिसर्च सेन्टरले सञ्चालन गर्दै आएको शैक्षिक तथा सामाजिक कार्यमा खर्च गर्ने सेन्टरका अध्यक्ष विजय मिश्रको भनाइ छ ।

गोजिकामा खस जातिको पहिचानका विषयमा तयार पारिएका ६ वटा परिच्छेद रहेका छन् । खस जातिका विषयमा गहिरो अध्ययन नभए पनि यो गोजिकाले यस जातिको पहिचान र उत्पत्तिका विषयमा जानकारी लिन चाहने सबैका लागि महत्वपूर्ण साधनका रुपमा काम गर्ने कुरालाई नकार्न सकिादैन ।

No comments:

Post a Comment