Monday, February 20, 2012

को हुन् खस जाति ?

फुर्पा तामाङ -पाठक मञ्च
वैशाख २७ - (Source: http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=242377)

Baisakh 27, 2068

डा. विपिन अधिकारीद्वारा लिखित नेपालका खस जातिहरू नामको पुस्तिका भर्खरै पढेर सिध्याएँ । यसको बाहिरी गाता हेर्दैमा खस जाति भनेका बाहुन, क्षत्री, ठकुरी मात्र नभएर कामी, दमाइँ, सार्की, गाइने, वादी पनि रहेछन् भन्ने प्रस्ट हुन्छ । यसमा खस जाति पनि आदिवासी हुन् भन्ने ऐतिहासिक प्रमाण दिएर पुष्टि गर्ने प्रयास गरेको देखिन्छ ।
विभिन्न धार्मिक वेदपुराणहरूमा भएका श्लोकहरूसमेत राखेर नेपाली समाजमा वैदिक र आदिकालमा बौद्ध धर्म रहेको र बिस्तारै हिन्दुकरण भएको उल्लेख छ । नेपालमा धार्मिक रूपमा बौद्ध र हिन्दुधर्मबीच सदैव सौहार्दपूर्ण व्यवहार भएको उल्लेख छ । यसले वर्तमान समयमा केही हिन्दुवादीहरूले भन्दै आएको हिन्दुधर्मबाट नै बौद्ध जन्मिएको वा एउटा हाँगो भनेर गरिएको दाबीलाई ओझेलमा पारिदिएको छ । पुस्तिका राम्रो हुँदाहँुदै पनि बाहुनक्षत्रीहरूले पनि राज्य माग गर्न तथा प्राकृतिक स्रोतसाधनमाथि अग्राधिकार प्राप्तिका लागि गरिएको बठ्याइँ हो भनेर आरोप आउन सक्ने देखिन्छ ।

नेपाली समाज यतिखेर जातीय रूपमा विभाजित स्थितिमा छ । प्रत्येक दलका शीर्ष स्थानमा बाहुनक्षत्री छन् । जातीय राज्य माग्नका लागि योजना बनाउने तिनै हुन् ।

आदिवासी जनजातिलाई बाहुनक्षत्रीले भेदभाव गरेको भन्न सिकाउने पनि तिनै हुन् र अर्कातिर नेतृत्वमा टिकीराख्ने पनि तिनै हुन् ।

यो बहुरूपी राजनीतिक रङले आदिवासी जनजातिलाई तिर्मिराउने काममा विदेशी शक्तिहरू पनि लागिपरेका छन् । त्यस्तो विभाजित अवस्थामा विपिन अधिकारीले समाजलाई सहिष्णु बनाउन गरेको प्रयास सराहनीय छ ।


खस–क्षत्री : पहिचान, भ्रम र यथार्थ

योगेन्द्र थापा
Source: http://blast.com.np/nextpage.php?pg=newsdetail&newsid=3702&catid=3

आज मुलुक २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनले जन्माएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा नयाँ संविधान निर्माणमा व्यस्त छ । यस अवसरमा निर्माणाधीन संविधानले यस मुलुकमा बसोबास गर्ने सबै जातजाति, संस्कृति–सम्प्रदाय, भाषाभाषी तथा धर्मावलम्बीहरुले आ–आप्mना जातीय, सांस्कृतिक, भाषिक तथा धार्मिक मुद्दाहरुलाई सही सम्बोधन गरोस् भन्ने अपेक्षा राख्नु र सोको लागि दवाब सिर्जना गर्न संगठित आवाज बुलन्द गर्नु अस्वाभाविक होइन । विश्वका लोकतान्त्रिक संविधानको अध्ययन गर्ने हो भने तिनले यस्ता मुद्दाहरुलाई यथेस्ट प्राथमिकता प्रदान गरेको देख्न सकिन्छ, नेपालमात्र यसको अपवाद हुन सक्दैन ।

सहभागिता, समन्यायिकता र समावेशीता जनआन्दोलनले प्रदान गरेको संविधान निर्माणका आधारभूमि हुन्, जसको उपेक्षाले आन्दोलनबाट निःसृत जनादेशको अवमूल्यन हुनेछ र यसको खबरदारी गर्नु सबैको दायित्व हुनु पर्दछ । अन्तरिम संविधानले नेपालका जातजातिहरुको वर्गीकरण गर्दा कुल जनसंख्याको १७.२७ प्रतिशत हिस्सा ओगटेको ‘खस क्षत्री’ जातीय समुदायलाई ‘अन्य’ समूहमा राखेर मुलुकको सबैभन्दा ठूलो समुदायको जातीय पहिचानलाई अवज्ञा गरी राज्य सञ्चालनका विभिन्न क्षेत्रमा समावेशी हुन पाउने नैसर्गिक अधिकारबाट वञ्चित गराउन खोजेको छ । इतिहासका विभिन्न कालखण्डमा नेपालको राष्ट्र निर्माण, राष्ट्रिय गौरवको सम्बद्र्धन र संरक्षणका लागि आप्mनो जीवन उत्सर्ग गर्दै आएको यस जातिलाई जबर्जस्ती क्षेत्री–बाहुन भनेर नियोजितरुपमा एउटै जातीय समुदाय बनाई स्वतन्त्र पहिचान नै निमिट्यान्न पार्न खोज्नु न्यायोचित होइन । कतिपय अवस्थामा विशेष गरी खस–क्षत्रीहरुलाई राज्य सञ्चालनमा लामो समयदेखि हालिमुहाली गर्दै आएको शोषक वर्ग भनी भ्रामक लाञ्छनाहरु लगाइँदै रहेको सम्बन्धमा आप्mनो जातीय समुदायप्रति राज्यले समेत दोस्रो दर्जाको नागरिक बनाई पाखा लगाउने प्रयासका विरुद्ध खस–क्षत्रीहरु मुलुकभर संगठित भई पहिचान, पहँुच तथा हक–अधिकारका लागि आवाज उठाउँदै आएको यथार्थ अवगत भएकै कुरा हो ।

यताका दिनहरुमा नेपाली सञ्चार माध्यमहरुमा ‘खस’ जातिका बारेमा विभिन्न खालका आलेखहरु प्रकाशित भएका र त्यसबाट खस जातिका सम्बन्धमा विभिन्न प्रकारका भ्रमको सिर्जना गरेको पाइएकाले वास्तवमा खस जातिको यथार्थबारे थोरै प्रकाश पार्नु यस आलेखको उद्देश्य हो ।

मानव सभ्यताको विकासक्रमलाई नियालेर हेर्दा संसारमा मूलतः नेग्रो (द्रविड), मंगोल र ककेसस गरी तीन प्रकारका जाति (च्बअभ) को अस्तित्व रहेको पाइन्छ । तीमध्ये खस ककेसियन च्बअभ भित्र पर्दछ । ई.पू. ३००० वर्ष पुरानो मेसोपोटामियाको सभ्यतामा कुनै न कुनै रूपमा उल्लेख भएको ‘कस’ जातिलाई नै कालान्तरमा ककेसस, खखेसस वा हेक्का खासे हुँदै खस जाति भनेर चिन्न थालिएको अनुमान छ (प्रा.डा. बालकृष्ण पोखरेल, खस जातिको इतिहास) युरोप र एसियाको सन्धिस्थलमा अवस्थित ककेसस् पर्वतमालालाई खस जातिको उद्गम थलोको रूपमा लिइने गरेको पाइन्छ । ९व्बmभक ऋचयधभिक एचष्अजबचमस च्भकभबचअजभक ष्लतय तजभ एजथकष्अब िज्ष्कतयचथ या ःबलपष्लमस ज्ञडद्धद्ध० । कालान्तरमा यो जाति रेशममार्गबाट इरान हँुदै दक्षिणपूर्व बसाइँ सर्ने क्रम सुरू भयो । बसाइँ सराइको सदियौं लामो यात्रा क्रममा यो जाति पश्चिम चीनको तरिम उपत्यकामा समेत पुगेर बसोबास थालेको त्यहाँ भेटिएका प्राचीन मानव अवशेषको डीएनए परीक्षणबाट पुष्टि भइसकेको छ । ९ःबिियचथ ७ ख्ष्अतयचस त्जभ त्बचष्m ःगmmष्भकस् ब्लअष्भलत ऋजष्लब बलम तजभ ःथकतचथ या तजभ भ्बचष्भिकत एभयउभि ाचयm तजभ ध्भकत स ग्लष्तभम प्ष्लनमयmस द्दण्ण्ड० । तरिम उपत्यका आधुनिक चीनको सिन्जियाङमा पर्दछ । यस उपत्यकामा खस जातिले कसगर (खस) राज्यको स्थापना गरेका थिए । यहाँबाट भोट क्षेत्र हँुदै खस जाति कुमाउ गढवालका पहाडी क्षेत्रबाट पश्चिमी नेपाल छिरेको अनुमान गरिएको छ । (डा विपीन अधिकारी, नेपालका खस जाति, २०६८ ।

नेपालमा खस जातिको बसोबास कहिलेदेखि सुरू भयो भन्ने यकिन तिथि मिति भेटिँदैन । रिचार्ड वाल्डाउफको भनाइमा इ.पू. २००० भन्दा पहिले नै नेपालमा हिमाली क्षेत्रमा किरात र खस दुईवटा सांस्कृतिक समुदायको उपस्थिति भइसकेको थियो । वरिष्ठ समाजशास्त्री डोरबहादुर विष्ट एवं डा. हर्क गुरूङको विचारमा भोट बर्मेली भाषा बोल्ने मंगोल अनुहारका किरातहरू उत्तर–पूर्वबाट र भारोपेली भाषा बोेल्ने आर्यन अनुहारका खसहरू उत्तर–पश्चिमबाट नेपाल प्रवेश गरेका हुन् । सुरूमा जातपातमा विभक्त नभएको खस समुदाय शैव धर्म र धामीझाँक्री परम्पराको अवलम्बन गथ्र्यो । ९च्ष्अजबचम द्य। द्यबमिबगा, व्च ७ च्यदभचत द्य। प्बउबिलस ीबलनगबनभ एबिललष्लन ष्ल ल्भउब,ि त्बष्धबल बलम क्धभमभलस द्दण्ण्ण्० ।

किरात र खसमध्ये कसले नेपाल पहिला प्रवेश गरेका हुन् भन्नेबारेमा भने यकिन नभए पनि मानव तथा समाजशास्त्री डोरबहादुर विष्टका अनुसार इ.पू. प्रथम सहस्राब्दीतिरै काठमाडौं उपत्यकामा ‘नेप’ समूहका गोपालवंशीहरूले प्रथम राज्य गरेका थिए र यी नेप जाति नै खस जाति हुन्, त्यसपछि मात्र किरात र लिच्छवीहरूले काठमाडौंमा राज्य गरेका हुन् । ९ँबतबष्किm ७ म्भखभयिऊभलत, द्दण्ण्ज्ञ० । यी दुवै जाति हिन्दू तथा बौद्ध धर्मको उत्पत्तिभन्दा पहिले नै नेपालको हिमाली क्षेत्रमा छिरिसकेका थिए भन्ने कुरा वैदिक साहित्यमा खस तथा किरात जातिहरूको उल्लेख भएबाट अनुमान लगाउन सकिन्छ ।

भारत वर्षमा हिन्दू सभ्यताको विकास उत्कर्षमा पुगेको अवस्थामा वर्णाश्रममा विभाजित हिन्दू सामाजिक व्यवस्थाको प्रभावबाट खस जाति अछुतो रहन सकेन । खास गरी सोह्रौं शताब्दीताका नेपालमा बाईसी–चौबीसी राजाहरूले आपूmलाई खस भनेर चिनाउँदा हिन्दुस्तानका शासकहरूको तुलनामा तल्लो (खसेको) जातका रूपमा बुझ्न र हीनताबोध गर्न थालेपछि क्रमशः हिन्दू सामाजिक व्यवस्थाको अनुकरण गरी आपूmलाई उच्च जातका राजपुत अथवा ठकुरी भएको घोषणा गर्न थाले, साथै आपूm हिन्दू राजवंशसँगै आबद्ध भएको देखाउन वंशावली लेखाउन थाले । गोर्खाका राजा राम शाहले वंशावली लेखाई आपूmलाई मेवाडको राजपुत वंशसँग आबद्ध भएको देखाएका छन् । ९द्यचष्बल ज्। ज्यमकयलस भ्ककबथक यल तजभ ीबलनगबनभक, ीष्तभचबतगचभ बललम च्भष्निष्यल या ल्भउब िबलम त्ष्दभतस ज्ञडद्दड, ज्ञडठद्ध० । यसै क्रममा मौलिकरूपले जातीय विभाजन नभएको खस समुदाय सानो–ठूलो, तल्लो–माथ्लो वा छुत–अछुत जातिमा विभक्त हुन पुग्यो । परिणामस्वरूप खस जातिका मौलिक परम्परा खसेतर हिन्दू परम्परा हुन थाले । पुजारी राख्ने परम्परा नभएको, धामीझाँक्री परम्पराबाट प्राग्वैदिक मस्ट देवताको पूजा गर्ने खसहरूले आफ्ना मठमन्दिरहरूमा क्रमशः हिन्दू देवताका मूर्ति स्थापना गरी हिन्दू ब्राह्मणलाई पुजारी राखेर पूजा–अर्चना गर्ने परम्पराको थालनी हुन गयो ।

खस जातिले पहाडको बाटो भएर नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बसोबास थालेका हुनाले यिनको उपस्थिति गंगा, ब्रह्मपुत्रलगायत् दक्षिणका मैदानी फाँटमा देखिँदैन । जुन समयमा यो जाति नेपालका हिमाली–पहाडी क्षेत्रमा स्थापित भइसकेको थियो, सो समयसम्म दक्षिणका मैदानी फाँटमा सिन्ध घाँटीको सभ्यता आइपुगेकै थिएन । ९व्बmभक ऋचयधभिक एचष्लअजबचमस च्भकभबअजभक ष्लतय तजभ उजथकष्अब िज्ष्कतयचथ या mबलपष्लमस ज्ञडद्धद्ध० । दक्षिणमा मैदानी फाँटसँग खसहरूको सम्पर्क हुन थालेको धेरै पछि खस शासकहरूले आपूmलाई उच्चजातीय हिन्दू क्षत्री, राजपुत वा ठकुरी घोषित गर्न थालेपछि मात्र हो (डा.विपिन, २०६८) ।

कतिपय लेखकहरूले भारत वर्षमा मुसलमानहरूको आक्रमण भएपछि आफ्नो धर्मरक्षाका खातिर खस–क्षत्रीहरू दक्षिणका मैदानी फाँटबाट नेपालका हिमाली–पहाडी क्षेत्रमा बसाइँ सरेको उल्लेख गरेका छन् तर इतिहासले भारतबाट नेपालमा कुनै जाति विशेषको सामूहिक बसाइँ सराइ भएको पुष्टि गर्दैन । रिचार्ड बी बाल्डाउफले बाह्रौं र तेह्रौं शताब्दीमा भारत वर्षमा मुसलमानहरूको आक्रमण भएपछि ठूलो संख्यामा उच्चजातीय हिन्दूहरूको जमात् नेपाल छिरेको र तिनले नेपालका साबिक बासिन्दालाई विस्थापित गरेको उल्लेख गरेका छन् तर नेपालमा बसाइँ सरेर आउने कुनै जातीय समूहले त्यसरी साबिकका बासिन्दालाई लखेटेका ऐतिहासिक प्रमाण कहीँ कतै फेला परेको छैन । उनको यो भनाइ केही हदसम्म नेपालको तराई क्षेत्रका हिन्दू राजपुत तथा ब्राह्मण जातिका सम्बन्धमा भने लागू हुन सक्छ । भारत वर्षमा मुसलमानहरूको प्रवेश सन् ७१५ मा मोहम्मद कासिमको नेतृत्वमा आएको अरबी फौजले सिन्धुमा आधिपत्य कायम गरेपछि मात्र भएको हो जबकि रिचार्ड बाल्डउफकै भनाइमा इ.पू. २००० वर्षभन्दा पहिले नै खसहरू नेपालको उत्तरी क्षेत्रमा स्थापित भइसकेका थिए (डा. विपिन, २०६८) ।

नेपालमा खस र किरात जातिको प्रवेश लगभग एउटै कालखण्ड अर्थात् इ.पू. २००० वर्षभन्दा पहिले नै भएको प्रसंग आइसकेको छ । यहाँ मननयोग्य कुरा के छ भने इ.पू. २००० वर्षभन्दा पहिलादेखि मुलुकको करिब सबै भौगोलिक क्षेत्रमा जनसंख्याको सबैभन्दा ठूलो हिस्सा ओगटेर बसोबास गर्ने खस जाति के आधारमा अन्य भए बुझिनसक्नु छ । जुन जाति कूल जनसंख्याको ५० प्रतिशत निरपेक्ष गरिबीको रेखमुनि र ४० प्रतिशत निरक्षर छ, त्यो जातिलाई प्राविधिकरूपले हिन्दू वर्णाश्रमको आवरण भिराएर उच्च जातिको, शोषक, सामन्ती एवं राज्यसत्तामा हालिमुहाली भएको भनी लाञ्छित गर्नुमा कसको के अभिष्ट छ, त्यो पनि बुझ्न गाह्रो छ । वास्तवमा शोषक सामन्ती भनेको कुनै जाति विशेष नभएर मानवीय प्रवृत्ति हो भन्ने यथार्थलाई बुझेर पनि बुझ पचाउनु झन् आश्चर्यजनक छ । देशको सबैभन्दा ठूलो खस क्षत्री जातीय समुदायलाई राज्यले ‘अन्य’ समूहमा वर्गीकरण गरेर पूर्ण समानुपातिकताको दायराभन्दा बाहिर राखी आदिवासीय पहिचान तथा पहुँचबाट वञ्चित गराउन खोजिरहेको आजको अवस्थामा आफ्ना जातीय तथा संस्कृतिजन्य हक–अधिकारको संरक्षणका लागि तथा अनावश्यकरूपले पैmलाइएका भ्रमहरू चिर्नका लागि समेत सबै खस–क्षत्रीहरूले एकताबद्ध हुनु आवश्यक भइसकेको छ ।

समाचार प्रकाशित मिती : Tuesday, 8 November, 2011 (लेखक)

Tuesday, February 14, 2012

आफ्नै इतिहास

Source: http://www.himalkhabar.com/news.php?id=4805
नेपालका खस जाति
लेखकः डा. विपिन अधिकारी प्रकाशकः नेपाल कन्सल्टिङ लयर्स ईन्क
मूल्यः रु.५०,
पृष्ठः १०६+१०

खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर शासक हुन पुग्यो? आदि प्रश्नहरूको उत्तर छ, यो पुस्तिकामा।

आधुनिक नेपाल निर्माण र सञ्चालनमा खसहरूको अतुलनीय योगदान छ। शासक जातिको रूपमा यो ऐतिहासिक दायित्व वहन गर्ने प्रक्रियामा खसहरूबाट भए/गरेका कमि-कमजोरीका कारण आफूहरू राष्ट्रको मूलधारबाट बाहिरिन पुगेका आवाज पनि उत्तिकै प्रबल छन्, आजको नेपालमा। यस क्रममा एकातिर कतिपय जातीय, क्षेत्रीय पीडितहरूको बोलीमा उग्र साम्प्रदायिकता झ्ल्कन थालेका छन् भने अर्कोतिर गणतन्त्र र धर्मनिरपेक्षताबाट आफूहरूको अस्तित्वमाथि नै आक्रमण थालिएको वर्चस्ववादी प्रचारबाजीले पनि आकार लिँदैछ। राष्ट्रले यसरी इतिहासको महासङ्क्रमण सामना गरिरहेका बेला कानुनमा विद्यावारिधि विपिन अधिकारीले नेपालका खस जाति (क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्न्यासी, वादी, दमाई र गाइने) नामको कृति ल्याएका छन्।

खसहरू को हुन्? उनीहरू कहिले, कहाँबाट र कस्तो ऐतिहासिक प्रक्रियाले यो भूमिमा आए? एउटा घुमन्ते जाति कसरी जनजाति चरण पार गरेर बौद्ध प्रभाव स्वीकार्दै हिन्दु शासक हुन पुग्यो र नेपालको इतिहासमा कस्तो दायित्व पूरा गर्‍यो? आदि प्रश्नहरूको विहङ्गम उत्तर भएको छ, गोजी आकारको यो पुस्तिका। प्राग्वैदिक कालदेखिको समय समेटेको यो पुस्तिकाले इतिहासलाई एउटा चाखलाग्दो दृष्टिकोणबाट अध्ययन गर्न/बुझन उत्प्रेरित गरेको छ। मूलतः खसहरूको सहज गौरवीकरण र प्राचीनता पुष्टि गर्ने यो पुस्तिकाका अनुसार, नेपालका खस जातिको अतीत एसिया र युरोपको बीचमा अवस्थित ककेसस् पर्वतमालासँग जोडिएको छ। राजनीतिक-सांस्कृतिक द्वन्द्वबाट अस्थिर प्राचीन ककेसियामा सभ्यताले आकार नलिँदै ककेसियनहरू पूर्व-दक्षिण बसाइँ सर्न थाले। त्यस क्रममा सताब्दीयौँको अन्तरालमा हिमवतखण्ड नेपाल आई बसेका आदीककेसियनहरू नै आजका खस हुन्। डा. अधिकारी लेख्छन्, “त्यसैले खस र किरातलाई प्राग्वैदिक जाति भनिन्छ।”

अधिकारीले खसहरू मुगल आक्रमणबाट जोगिन नेपाल पसेको भन्ने मतको कडा खण्डन गरेका छन्। बरु आफूलाई सभ्य वैदिक हिन्दु देखाउन खसमध्येकै ठालुहरूले यो तर्क अघि सारेको उनको विश्लेषण छ। पश्चिम चीन र भोटमा सदियौं व्यतीत गरेर खसहरू नेपाल पसेको केही सहस्राब्दीपछि मात्र गङ्गाको मैदानमा आर्य (इण्डो-गङ्गेटिक) सभ्यताको विकास भएको र त्यो हिन्दु सभ्यतासँग केही शताब्दी अघि मात्र खसहरूको हिमचिम भएको पुस्तिका बताउँछ। इसापूर्व २५०० वर्ष अघि नेपालमा देखिएका गाईगोठालाहरू खसहरू नै भएको ठोकुवा गरेका लेखकले खसहरूका कुलदेवता मष्टलाई वैदिक सभ्यता भन्दा अघिका देव भनेका छन्। पश्चिम भोटमा रहँदै बौद्ध धर्मसँग खसहरूको संसर्ग भएको र पछि नेपालमा दक्षिणबाट आएको अर्को बौद्ध लहरले यो प्रभावलाई झ्नै गहिरो बनाएको उनको विश्लेषण छ। यो क्रममा खसहरूले आफ्नो संस्कार अरूमा सारे अनि अरूका पनि आत्मसात् गरे। पछि हिन्दु प्रभाव ग्रहण गर्दा खस शासकहरूले दक्षिणका पण्डितहरूबाट शिक्षादीक्षा लिने, तिनैलाई गुरुपुरोहित राख्ने र आफूलाई भारतका राजवंशहरूसँग जोड्नेदेखि हिन्दु जातीय व्यवस्था अपनाउनेसम्म गरे। यसरी आधुनिकतातर्फ लाग्दा खसहरूले विशाल हिन्दु धार्मिक सम्पदा प्राप्त गरेको उल्लेख गर्दै डा. अधिकारी लेख्छन्, “यसबाट खसहरूको आदि सांस्कृतिक पहिचान भने लगभग समाप्त हुन पुग्यो।”

लेखकले नेपाल निर्माणमा पुर्‍याएको योगदानको आलोकमा खस जातिको भविष्यबारे चिन्ता समेत प्रकट गरेका छन्। विशाल खस मण्डल र बाईसे/चौबिसे राज्य विघटन पछि खस शासकहरू गुरुङ-मगरलाई साथ लिएर नेपालको राजनीतिक एकीकरणमा लागेका देखिन्छन्। त्यस क्रममा उनीहरूले धार्मिक-सांस्कृतिक दमनको मूल्यमा विजित भूभागहरूको कतिपय थितिलाई धेरै हदसम्म स्वीकारेको तथ्य इतिहासका अन्य स्रोतहरूमा यत्रतत्र पाइन्छन्। जङ्गबहादुरको मुलुकी ऐन नेपाली परम्परा अनुकूल नहुँदा खसहरूलाई खस भन्न पनि लाजमर्नु अवस्था सिर्जना भएको उल्लेख गरेका लेखकले महेन्द्रको संविधानले नेपाली समाजको मिश्रित प्रकृतिमाथि पुर्‍याएको क्षतिबारे पनि चर्चा गरेको भए खसहरूको योगदानमा निर्मित मुलुकको एउटा प्रमुख जातिको इतिहास अझ् धवल हुनेथियो। किनभने, आजको जातीय, क्षेत्रीय र धार्मिक असन्तुष्टि मात्र हैन आफूहरूको अस्तित्वमाथि नै धावा बोलिएको डरको बीउ जङ्गबहादुरकालमा भन्दा बढी महेन्द्रकालमा रोपिएको थियो।

आनन्द राई




Sunday, February 5, 2012

नेपालका खस जाति

तरुण राष्ट्रिय साप्ताहिक
२०६८ माघ १६ गते सोमबार

डा. विपिन अधिकारी संवैधानिक कानुनबारे गहन अभिरुचि राख्ने विद्वानको रुपमा परिचित नाम हो लोकतान्त्रिक परिपाटी अंगाल्ने देशका संविधानमा के कस्ता प्रावधान हुन्छन् र हुनुपर्छ, यसबारे डा. अधिकारीका मन्तव्य बराबर समाचार माध्यममा आइरहेका हुन्छन् । खरो विचार र तार्किक प्रस्तुति उहााको चिनारी हुन् ।

तर 'नेपालका खस जाति' नाम हालै प्रकाशित सानो पुस्तक -गोजिका) भने संविधान निर्माणसित सोझो सरोकार राख्ने कृति होइन । तर संघीय संरचनाको वकालत गर्नेहरुले जातिपातिका कुराहरु उठाएर एउटा खस समुदायलाई मात्र आदिवासी, जनजाति इत्यादि भन्ने गरेको सन्दर्भमा भने यो कृति समसामयिक चासोको विषय हुन पुग्दछ ।
ऐतिहासिक तथ्य र आधार प्रमाणसहित खस जाति पनि 'आदिवासी जाति हो' भन्ने निष्कर्ष निकालिएको छ ।

फिरन्ते अवस्थादेखि नै यस जातिले नेपाल एवम् बृहत् हिमवत्खण्डलाई आफ्नो थलो कायम गरेको देखिन्छ भन्ने निचोड निकाल्न लेखकले स्वदेश र विदेशका इतिासकार तथा लेखकका कथन रउदाहरणहरु दिनुभएको छ । प|mयान्सिस हृ्यामिल्टन यस सन्दभका एक विदेशी लेखक हुन् भने तुलसीराम वैद्य, शंकरलाला जोशी स्वदेशका परिचित विद्वानहरुमा पर्दछन् । अनेकानेक अध्ययन, अन्वेषणले पुष्टि गरेका कुराहरु यस गोजिकामा परेका छन् ।

सानो पुस्तकले ठूलो सन्देश दिन सक्दोरहेछ भन्ने कुराको प्रमाण यो विवेच्य गोचिका हो । खस जातिमा पर्ने, क्षेत्री, बाहुन, कामी, ठकुरी , सार्की, सन्यासी, दमाई, घर्ती, गाइने इत्यादि सबैले आफ्नो चिनारीको जरोकिलो ठम्याउन यो एक सय रुपैयाामा पाइने पुस्तक पढ्नु आवश्यक छ ।

अनि हजारौं वर्षको इतिहास भएका खसहरुलाई 'अन्य' मा खुम्च्याउने दुस्साहस गर्नेहरुले वास्तविकता ठम्याउन यस कृतिका पृष्ठहरु छिचोल्नै पर्ने हुन्छ । हत्केलाले सूर्यलाई छेक्न सकिादैन भन्ने लोकोक्तिलाई मनन गर्नेपर्छ ।

खस जातिले जान्नैपर्ने कुरा

अन्नपूर्ण पोष्ट, बिहीबार १२ माघ २०६८

विराटनगरः नेपालमा खस जाति भन्नाले मूलतः बाहुन, क्षत्री, कामी, दमाई, सार्की, ठकुरी, सन्यासी, वादी, गाइने, घर्ती जातका समुदायलाई बुझिन्छ । उत्पत्ति र स्थानका विषयलाई लिएर नेपालका खस जातिहरुका विषयमा निकै चर्चापरिचर्चा हुने गरेको पाइन्छ । तर, खस जातिको वास्तविकता जान्ने र त्यस विषयमा जानकारी राख्ने मान्छे निकै थोरै भएको कुरालाई नकार्न सकिादैन । संवैधानिक कानुनका ज्ञाता डा. विपिन अधिकारीले 'नेपालका खस जाति' नामको गोजिका सार्वजनिक गरेका छन् ।

विराटनगर स्थित नयाा नेपाल रिसर्च सेन्टरले प्रकाशन गरेको यो गोजिकामा खस जातिको उत्पत्ति र बसोबासका विषयमा गहन जानकारी दिइएको छ । यो गोजिकाले नेपालका खस जातिलाई जान्न र आफ्नो पहिचानका विषयमा बुझ्न महत्वपूर्ण आधार तयार गरिदिएको छ ।

खस जातिका प्रभावशाली व्यक्तित्वहरुले समेत आफ्नो पहिचानको विषयलाई महत्व नदिइरहेको वर्तमान अवस्थामा यस गोजिकामा प्रस्ततु सामाग्रीहरुले खस जातिको पहिचान र महत्वलाई प्रभावकारी रुपमा प्रस्तुत गरेको छ । हिन्दू तथा बौद्ध धर्मको उत्पत्ति हुनुअघि नै हिमवत् खण्डमा बसोबास गर्दै आएका किरात र खस जातिलाई यस क्षेत्रका प्राग्वैदिक जाति भनिन्छ । वैदिक इतिहासमा खस जाति हिमाली भेग वा हिमवत् खण्डका जातिहरुमध्ये अग्रपंक्तिमा रहेको गोजिकामा उल्लेख छ ।

संवैधानिक कानुनका ज्ञाता डा. अधिकारीले तयार पारेको यो गोजिकाले खस जातिको विगत र वर्तमान अवस्थाबारे महत्वपूर्ण जानकारी दिएको छ । गोजिकाको बिक्रीबाट आएको आम्दानी नयाा नेपाल रिसर्च सेन्टरले सञ्चालन गर्दै आएको शैक्षिक तथा सामाजिक कार्यमा खर्च गर्ने सेन्टरका अध्यक्ष विजय मिश्रको भनाइ छ ।

गोजिकामा खस जातिको पहिचानका विषयमा तयार पारिएका ६ वटा परिच्छेद रहेका छन् । खस जातिका विषयमा गहिरो अध्ययन नभए पनि यो गोजिकाले यस जातिको पहिचान र उत्पत्तिका विषयमा जानकारी लिन चाहने सबैका लागि महत्वपूर्ण साधनका रुपमा काम गर्ने कुरालाई नकार्न सकिादैन ।

Friday, May 20, 2011

Book on Khas ethnicity published

http://www.nepalnews.com/archive/2011/may/may17/news12.php
Tue, 17.05.11 16:55

The issue of Khas ethnicity has again been on the spotlight after a lawyer published a small pocket size book on the theme recently.

Written by one of the leading constitutional experts of Nepal, Dr Bipin Adhikari, the book "Nepalka Khas Jati" (The Khas People of Nepal) (Kathmandu: Nepal Consulting Lawyers, Inc, 2068 BS) presents the historicity of Khas people, their roots, language, religion and culture, and their abodes in the Himvatkhanda including Nepal since pre-Vedic (Iron Age) times in a very concise manner.

The booklet of 105 pages, which is priced at Rs 50, brings forward many ancient references about Khas people from Vedas and Mahabharata, Hindu scriptures and treatises, the ancient written history of the Himvatkhanda, and pulls together the facts as to their movement towards the Himalayas and beyond.

Referring to the historical sources, the book shows that the Khas people are not only the first settlers of Nepal, but also exist in the mountains on the southern slopes of the Himalayas from the time immemorial. They exist everywhere from Kashmir to Bhutan, but their ethnic identity is much established in Nepal than in the adjoining territories.

Although a small booklet, it has tried to explain the common folk about Khas ethnicity as an aspect of this community's self-recognition as well as an aspect of its recognition in the eyes of outsiders. Attempts have been made in the booklet to explain Khas ethnicity in terms of standards of behavior, social ties, common origins, memories of a shared historical past, shared cultural heritage, religious affiliation, language and tribal affiliation, etc.

Although the purpose of the book is only to share the perspective of the author on Khas ethnicity, it will have enormous impact on the common people and activists alike. It makes easy to every member of Khas (i.e.Chhetri, Bahun, Kami, Thakuri, Sarki, Sannyasi, Badi, Damai and Gaine) community to know how indigenous they are to this land. Additionally, the booklet poses intellectual challenge to those who consider the Khas people less indigenous to Nepal than the Janajatis who have been asking for provinces in federal Nepal based on their claims of indigenousness. The book is expected to spark debate on Khas ethnicity more than ever. nepalnews.com

Tuesday, May 17, 2011

Talks on Khas ethnicity

http://www.spotlightnepal.com/Review.aspx
A booklet on Khas ethnicity has recently becoe the talk of the town in Kathmandu.

Written by one of the leading constitutional experts of Nepal, Dr Bipin Adhikari, the book "Nepalka Khas Jati" (The Khas People of Nepal) (Kathmandu: Nepal Consulting Lawyers, Inc, 2068 BS) presents the historicity of Khas people, their roots, language, religion and culture, and their abodes in the Himvatkhanda including Nepal since pre-vedic (Iron Age) times in a very concise manner.


The booklet of 105 pages, which is priced at Rs 50, brings forward many ancient references about Khas people from Vedas and Mahabharata, Hindu scriptures and treatises, the ancient written history of the Himvatkhanda, and pulls together the facts as to their movement towards the Himalayas and beyond.

Although a small booklet, it has tried to explain Khas ethnicity as an aspect of this community's self-reognition as well as an aspect of its recognition in th eyes of outsiders. Atempts have been mad to explain Khas ethnicity in terms of standards of behavior, social ties, common origins, memories of a shared cultural heritage, religious affiliation, language and tribal affiliation, etc.

Although the purpose of the book iis only to share the perspective of the author on Khas ethnicity, it wil have enormous impact on the common people and activists alike. It makes easy to every member of Khas (i.e Chhetri, Bahun, Kami, Thakuri, Sarki, Sanyasi, Badi, Damai and Gaine) community to know how indigenous they are to this land.

Additionally, the booklet poses intellectual challenge to those who consider thre Khas people less indigenous to Nepal than the Jandjatis who have been asking for provinces in federal Nepal based on their claims of indigeneousness.